काठमाडौं । मंसिर २२ गते 'रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिक' कार्यक्रम हुने भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा टुँडिखेलमा कार्यक्रमको आयोजना गरिन लागिएको हो । "/>

मंसिर २२ मा रग्बी फेस्टिभल, २ दर्जन कलाकार एउटै मञ्चमा

मंसिर २२ मा रग्बी फेस्टिभल, २ दर्जन कलाकार एउटै मञ्चमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंसिर २२ गते ‘रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिक’ कार्यक्रम हुने भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा टुँडिखेलमा कार्यक्रमको आयोजना गरिन लागिएको हो ।

कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । उक्त कार्यक्रममा वल्र्ड रग्बीको ट्रफी पनि सार्वजनिक गरिनेछ । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुर्इन लगायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् ।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ । कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको छ ।

Logo