काठमाडौं । अभिनेत्री रेखा थापाले हालै एक स्टाटस सार्वजनिक गरेकी छिन् । उक्त स्टाटस उनले राष्ट्रपति विधादेवी भण्डारीलाई लक्षित गरेकी छन् । "/>

१८ करोडको गाडी माग गर्ने राष्ट्रपतिविरुद्ध रेखा थापा

१८ करोडको गाडी माग गर्ने राष्ट्रपतिविरुद्ध रेखा थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री रेखा थापाले हालै एक स्टाटस सार्वजनिक गरेकी छिन् । उक्त स्टाटस उनले राष्ट्रपति विधादेवी भण्डारीलाई लक्षित गरेकी छन् । सरकारले राष्ट्रपतिको लागि १८ करोडको गाडी किन्न लागेको खबर सार्वजनिक भएपछि त्यसको विरोधमा रेखाले विचार व्यक्त गरेकी हुन् ।

उनी लेख्छिन् ‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनतालाई । तर अठार जना छोरीले आफु यो देशमा राष्ट्र प्रमुख हुने सपना देख्छन त ? यो लगानीले देशलाई के दिन्छ ?’

अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका लागि १८ करोडको गाडी माग भएपछि सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ । रेखाले सटाटस सार्वजनिक गर्दै राष्ट्रपतिलाई १८ करोडको गाडी लेखेको तस्विर आफ्नो फेसकुकमा सार्वजनिक गरेकी छिन् ।

भण्डारी नेपालको प्रथम राष्ट्रपति भएरपनि अझै पनि उनमा नेपाल हाक्ने क्षमताको वृद्घि भईनसकेको कुरा उनले स्टाटसको मार्फत व्यक्त गरेकी छिन् ।

 

 

 

 

 

 

 

 

 

Logo