एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपिया विवाह गरेको ६ महिना मै आमा बनेकी छिन् । नेहा धुपिया र अंगद बेदी सन् २०१८ मा बैवाहिक बन्धनमा बाधिएका थिए । भारतीय मिडियामा उल्लेख गरिएअनुसार मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा नेहाले आज विहान करिब ११ बजे छोरीलाई जन्म दिएकी छिन् ।
नेहा र अंगदको यो खुशीयालीमा बलिउड सेलीब्रेटीहरुले पनि उनीहरुलाई बधाइ दिएका छन् । नेहा र अंगदले सुटुक्क विवाह गरेका थिए । नेहा विवाह पहिला नै गर्भवती रहेको कुरा पनि बारम्बार मिडियामा छाउने गरेको थियो ।
पछिल्लो समयमा अंगतले नेहा गर्भवती भएर गोप्य तरिकाले विवाह गरेको कुरा स्वीकार गरेका छन् । उनीहरुले विवाहमा बलिउड सेलीब्रेटीहरु कसैलाई पनि निम्तो गरेका थिएनन् । करिब एक वर्षको प्रेम सम्बन्ध पछि नेहा र अंगद दुबै बैवाहिक बन्धनमा बाधिएका हुन् ।
प्रतिक्रिया