काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हस्तकला व्यापार मेला’ बाट व्यवसायीहरु उत्साहित भएका छन ।

आईतबार सम्पन्न १६ औं हस्तकला व्यापार मेलामा सहभागी भएका व्यवसायीहरु मेलामा भएको कारोबारबाट उत्साही देखिएका हुन् । "/>

हस्तकला मेलाबाट व्यवसायीहरु उत्साहित

हस्तकला मेलाबाट व्यवसायीहरु उत्साहित

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हस्तकला व्यापार मेला’ बाट व्यवसायीहरु उत्साहित भएका छन ।

आईतबार सम्पन्न १६ औं हस्तकला व्यापार मेलामा सहभागी भएका व्यवसायीहरु मेलामा भएको कारोबारबाट उत्साही देखिएका हुन् । ५ दिनसम्म चलेको मेला सबै दृष्टिले धेरै सफल भएको नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए ।

विदेशीसहित करिव २ सय स्टल रहेको मेलामा सहभागी अवलोकनकर्ताहरुको भीडले पनि आफूहरुलाई उत्साही बनाएको शाक्यको भनाई छ । मेलामा करिव नौं करोडको कारोबार भएको अनुमान गरिएको छ । डेढ लाखले अवलोकन गरेको पनि मेला आयोजक समितिले जनाएको छ । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुले पनि स्टल राखेका थिए ।

यता, अवलोकनकर्ताहरुले पनि मेला सहज र सस्तो भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले नयाँ–नयाँ बस्तुहरुको उत्पादनले नेपाली हस्तकलाको मेला विगतभन्दा धेरै राम्रो हुँदै गएको पनि स्मरण गरेका छन ।

मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणमा रुपमा राखिएका थिए । नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ । नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तराष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ ।

Logo