एजेन्सी । बलिउड उद्योगका हट कपल दीपिका पादुकोण र रणवीर सिंह आज मुम्बई फर्केका छन् । उनीहरुले नोभेम्बर १४ र १५ मा इटाली लेक कोमामा विवाह गरेका थिए । "/>

विवाहपछि रणवीरसँग भारत फर्किन् दीपिका

विवाहपछि रणवीरसँग भारत फर्किन् दीपिका

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड उद्योगका हट कपल दीपिका पादुकोण र रणवीर सिंह आज मुम्बई फर्केका छन् । उनीहरुले नोभेम्बर १४ र १५ मा इटाली लेक कोमामा विवाह गरेका थिए ।  विवाहपछि आज उनीहरु मुम्बई फर्किने क्रममा मुम्बई एयेरर्पोटमा म्याचिङ कलरको ट्रेडिसनल ड्रेसमा देखिएका थिए ।

रणवीर क्रिम कलरको कुर्ता पाइजामा र पिंक कलरको ज्याकेटमा सजिएका थिए भने दीपिकाले क्रिम कलरको कुर्ता र रातो सलमा सजिएकी थिईन् । साथै उनले सिउँदोमा सिन्दूर पनि लगाएकी छिन् ।

उनीहरुको जोडीलाई सुन्दर ‘दीपवीर’ उपनाम दिइएको छ । दीपवीरले २८ नोभेम्बर मुम्बईमा ग्राण्ड रिसेप्सन दिने बताइएको छ । साथै रणवीर र दीपिकाले उक्त पार्टीमा आउने गेष्टलाई गिफ्ट नल्याउन समेत आग्रह गरेका छन् ।

Logo