पछिल्लो पुस्तामा सबैले चिनेको नाम हो एक नारायण भण्डारी । जसका दर्जनौ भन्दा धेरै गीतहरुले बजार खाएका छन् । जसमा जीवन संघर्ष, माया प्रेम र यथार्थ भोगाइका पलहरुलाई समेटिएको छ । "/>

एक नारायण भण्डारी भन्छन्, ‘मेरा गीत किन्नेहरुको भीड लाग्छ’ (भिडियो)

एक नारायण भण्डारी भन्छन्, ‘मेरा गीत किन्नेहरुको भीड लाग्छ’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो पुस्तामा सबैले चिनेको नाम हो एक नारायण भण्डारी । जसका दर्जनौ भन्दा धेरै गीतहरुले बजार खाएका छन् । जसमा जीवन संघर्ष, माया प्रेम र यथार्थ भोगाइका पलहरुलाई समेटिएको छ ।

एक नारायण भण्डारीले प्रेममा पागल भएकाहरुको भावनामा डुबेर बिछोडको पीडाको अनुभूत गर्छन् । अनि लेख्छन्, वियोगको पीडामा छट्पटाइरहेकाका नव यौवनाहरुका कथाब्यथाहरु । पागल प्रेमीहरुको अनुभव अरुबाट बटुलेर त्यही भावनामा समेटिएका गीतलाई हिट् बनाउँछन्।

एक नारायण भण्डारी सानै देखि प्रशंसाको भोगी थिए । कसलै प्रशंसा गरिदियोस भन्ने उनको चाहाना हुन्थ्यो, उनी बावुआमाको स्याबासी र गाउँलेले क्या बलियो एक नारायण त भन्ने शब्द सुन्न धेरै रुचाउने स्वभावका थिए । प्रशंसाका भोगि उनी कक्षामा शिक्षकको मायाँ पाउनकै लागि मात्रै भए पनि पढ्ने गर्थे ।

स्कुलमा शुक्रबारे कायक्रममा विजेता भएर लगाएको अविर दुई दिनसम्म नपखालि बस्ने र घरघर चाहारेर देखाउने उनको बानी थियो । नेपाली सांगितीक क्षेत्रका बादशाह गीतकार भण्डारी नेपाली समाजमा ख्याति प्राप्त नाम हो ।

नेपाली समाजमा आएका दर्जनौ चर्चित साँगितीक कोसेलीहरुमा सर्वप्रथम उनकै नाम आउँछ । उनले स्वर दिएका दर्जनौ गीतहरु नेपाली समाजमा धेरै रुचाइएका गीतहरुमा पर्छन् । तिर्खा लाग्यो पानी खाएँ, तिम्रो फोटो हजारको नोटमा होस जस्ता हजारौँ गीतहरुमा उनले स्वर दिएका छन् । उनले स्वर दिएका लगभग धेरैजसो गीतहरु चर्चित बनेका छन् ।

Logo