मन्दिरा खत्री/काठमाडौं । २०१८ को मिस नेपाल विजेता श्रृंखला खतिवडाको चर्चा यति बेला चुलिएको छ । उनी अहिले ‘मिस वल्ड २०१८’ लागि बाहिर गएकी छिन् । "/>

के श्रृंखलाले पहिरिन्छिन त ‘मिस वल्ड २०१८’ को ताज ?

के श्रृंखलाले पहिरिन्छिन त ‘मिस वल्ड २०१८’ को ताज ?

केन्द्रबिन्दु
0
Shares

मन्दिरा खत्री/काठमाडौं । २०१८ को मिस नेपाल विजेता श्रृंखला खतिवडाको चर्चा यति बेला चुलिएको छ । उनी अहिले ‘मिस वल्ड २०१८’ लागि बाहिर गएकी छिन् । खतिवडा प्रदेश ३ को हेटौडामा १९९५ नोभेम्बर ३ मा जन्मिएकी हुन् । उनी सानै देखि राजनीतिक माहोलमा नै हुर्किईन । अर्थात उनको बुवा राजनीतिमा आवद्ध छन् । श्रृंखलाले एसएलसी लेभल हेटौडा एकेडेमीबाट नै दिइन् । उनी इन्जिनियरिङको विद्यार्थी समेत हुन् ।

उनले पुल्चोक इन्जिनियरिङ क्यापसबाट वास्तुकला अध्ययन गरिरहेकी छन् । सानै देखि व्यूटी प्याजेन्टहरुमा कुनै रुची नभएपनि अरुले ताज पहिरेको देख्दा आफूलाई पनि रहर लाग्ने उनी बताउँछिन् । खतिवडाले मिस नेपाल प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई उछिनेर मिस नेपाल २०१८ को ताज पहिरिन सफल भएकी थिइन् ।

श्रृंखला नेपालको २४ औं मिस नेपाल हुन् । श्रृङंला खतिवडाको ‘मिस वल्ड २०१८’ को लागि बनाईएको इन्ट्रोडक्सन भिडियो अहिले निकै रुचाईएको छ । सो भिडियो युटुयवमा अपलोड गरिएको एक दिनमै ८ लाख ५६ हजार भन्दा बढीले हेरिसकेका छन् । खतिवडाले मिस वल्ड २०१८ जित्ने धेरै सम्भावना बोकेकी छिन् । उनी भोटिङ एप मोबस्टार मा पहिलो नम्बरमा छिन् ।

पहिलो नम्बरमा हुँदा मात्रै मिस वल्ड जित्ने सम्भावना हुँदैन् । त्यसको लागि अन्य स्किल्स, व्युटी विथ ब्रेन, बोल्नमा फरवार्ड, उनले आफ्नो देशलाई कसरी प्रस्तुत गर्ने लगायतका विषयमा हेरिन्छ । साथै बोलाई, हिडाई, लवाईखवाई लगायतका कुरामा पनि मुल्यांकन गरिन्छ ।

श्रृंखला खतिवडालाई भोट गर्ने तरिकाः–
१) तपाईको मोबाइलमा ‘MOBSTAR’ एप डाउनलोड गर्नुहोस् ।
२) ‘MOBSTAR’ एप कुनै सामाजिक सञ्जाल फेसबुक र गुगल मार्फत लगईन गर्नुहोस् ।
३) आइओएस प्रयोगकर्ताहरुले ‘SRINKHALA KHATIWODA’ लेखेर सामाजिक सञ्जालमा सर्च गर्नुहोस् । सर्च गरेपछि तपाइले ‘SRINKHALA’ लेखेको एउटा प्रोफइल देख्नु हुन्छ । त्यसपछि त्यहाँ निलो टिक देख्नु हुनेछ । त्यहाँ गएर तपाईले श्रृंखलालाई फलो गर्नुपर्ने हुन्छ ।
४) उनको पोष्टहरुमा दायाँ र बायाँ स्वाइप गर्नुहोस । त्यति गरेपछि ‘Yes’ देखाउँछ । त्यसपछि मात्र त्यो भोटको रुपमा गणना हुनेछ । नयाँ अपडेटहरुको लागि भने उनको प्रोफाइल दैनिक हेर्नपर्ने हुन्छ ।
५) साथै उनको हरेक पोष्टहरुमा कमेन्ट गर्नुपर्ने हुन्छ । फेयर कमेन्टहरु मात्रै गणना गरिनेछ ।

Logo