‘गङनम स्टाइल’ का गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । पीएसवाई साउथ कोरियन गायक, र्यापर तथा रचनाकार हुन् । "/>

‘गङनम स्टाइल’ का गायक पीएसवाई नेपाल आउँदै (भिडियोसहित)

‘गङनम स्टाइल’ का गायक पीएसवाई नेपाल आउँदै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

‘गङनम स्टाइल’ का गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । पीएसवाई साउथ कोरियन गायक, र्यापर तथा रचनाकार हुन् ।

नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । उनीसँग उनको ब्यान्ड पनि नेपाल आएर डिसेम्बर २५ मा कन्र्सट गरिने बताइएको छ ।

उनले डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटो स्थित रेडियो ग्राउण्डमा प्रस्तुति दिने बताइएको छ । यो कन्र्सटको नाम ‘पीएसवाई विथ के पप लाइभ इन नेपाल’ राखिएको छ । यस कार्यक्रमको अवधी ५ घण्टा रहेको छ भने यो कार्यक्रममा पीएसवाईलाई नेपालका चर्चित पपगायक दीपकबजार्चायले पनि साथ दिने छन् । हाल बज्रचार्यको मनमगन बोलको गीतले निकै चर्चा बटुलिरहेको छ ।

कन्सर्टमा पीएसवाई र दीपकसँगै कोरियाका चर्चित ब्याण्ड बीएपी, एसएफनाइन, एओए, मेमोल्याण्ड, बेरी गुड, बड्किजले आफ्नो प्रस्तुती राख्ने छन् ।

 

Logo