एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाधिएका छन् । जुन कुराले अहिले मिडिया तातिरहेको छ । सपनाको संसारजस्तो देखिने इटालीको लेक कोमोमा रहेको डेल बाल्वियानेलो रिसोर्टमा विवाह सम्पन्न भएको हो । "/>

दीपिका पादुकोण र रणवीर सिंह भए एक, दुवैले विवाहको फोटो सार्वजानिक गरे

दीपिका पादुकोण र रणवीर सिंह भए एक, दुवैले विवाहको फोटो सार्वजानिक गरे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाधिएका छन् । जुन कुराले अहिले मिडिया तातिरहेको छ । सपनाको संसारजस्तो देखिने इटालीको लेक कोमोमा रहेको डेल बाल्वियानेलो रिसोर्टमा विवाह सम्पन्न भएको हो । अठारौं शताब्दीमा बनेको यो रिसोर्ट निकै सुन्दर छ ।

दुवैको नजिकका आफन्त र साथीहरुमात्र उक्त वैैवाहिक समारोहमा उपस्थित भएका थिए । उनीहरुको विवाह दुई लगाएर भएको हो । १४ नोभेम्बरमा कोंकणी र १५ नोभेम्बरमा सिन्धी रितिरिवाज अनुसार विवाह गरिएको थियो ।

यस विवाहमा विशेष सावधानी अपनाइएको थियो । ताकी, उनीहरुको विवाहको फोटो एउटा पनि सार्वजनिक नहोस् । दीपिका र रणवीरको विवाहको फोटो आफैं सार्वजनिक गर्न चाहन्थे । सोसल मिडियामा फोटो आएको थियो तर, बेहुला बेहुलीको अनुहार प्रष्ट चिनिएको थिएन । हिजो राति दुवैले आफ्नो अफिसियल पेजबाट विवाहको फोटो सार्वजानिक गरेका छन् ।

बलिउडमा ‘ओम शान्ती ओम’ बाट प्रवेश गरेकी दीपिका पादुकोण र ‘ब्यान्ड बाजा बारात’ बाट बलिउडमा प्रवेश गरेका रणवीर सिंह लामो समयदेखी रिलेशनशिपमा थिए । दुवैको जोडी रिल र रियल लाइफमा हिट छ । दीपिका र रणवीरले एकैसाथ केही फिल्ममा स्क्रिन शेयर गरेका छन् । जुन फिल्म सुपरहिट भएका थिए ।

दुवैले विवाहको जानकारी सोसल मिडियाबाट दिएका थिए, र विवाहको फोटो पनि उनीहरु आफैंले सोसल मिडियामा शेयर गरेका छन् । दीपिका र रणवीरले आ–आफ्नो अफिसियल इन्स्टाग्राममा विवाहको फोटो शेयर गरेका थिए ।

केही मिनेटमै लाखौं मानिसले लाईक गरेका थिए । बधाई दिनेको ओइरो नै लागेको थियो । बलिउडका सेलिब्रेटीहरुले पनि तछाड मछाड गर्दै बधाई दिएका छन् । भने बधाई दिने अग्रपन्तीमा अनुष्का शर्मा छिन् ।

फोटोमा दीपिका रातो साडीमा सजिएकी देखिन्छिन् । टाउकोमा ओडेकी घुम्टोमा सदा सौभाग्यवती भवः लेखिएको छ । यस ट्रेडिसनल ड्रेसमा दीपिका सुन्दर देखिएकी छिन् । रणवीर सिंह रातो रंगको शेरवानीमा देखिएका छन् ।

विवाहको अर्को फोटोमा दीपिकाले साव्यसाचीको डिजाइनर लेहेंगा लगाएकी छिन् भने रणवीरले पनि साव्यसाचीकै डिजाइन सेतो रंगको शेरवानीमा देखिएका छन् । दीपिका र रणवीर छिट्टै भारत फर्कनेछन् र विवाहको रिशेप्सन २१ नोभेम्बरमा बैंग्लोर र २८ नोभेम्बरका दिन मुम्बईमा हुनेछ ।

Logo