काठमाडौं । लामो समयसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएर बन्द भएको प्रत्यक्ष दोहोरी गायन कार्यक्रमले पुनः सुचारु हुने भएको छ । "/>

नेपाल टेलिभिजनको प्रत्यक्ष दोहोरी गायन कार्यक्रम पुनः सुचारु हुँदै, बद्रि पंगेनीले सञ्चालन गर्ने

नेपाल टेलिभिजनको प्रत्यक्ष दोहोरी गायन कार्यक्रम पुनः सुचारु हुँदै, बद्रि पंगेनीले सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लामो समयसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएर बन्द भएको प्रत्यक्ष दोहोरी गायन कार्यक्रमले पुनः सुचारु हुने भएको छ । राम प्रसाद खनालले सञ्चालन गर्दै आएको दोहोरी कार्यक्रम उनी अमेरीका गएपछि चर्चित कलाकार बद्री पंगेनीले सञ्चालन गरेका थिए ।

अहिले फेरि एनटीभी टु मा प्रसारण हुनेगरी नेपाल टेलिभिजनकै निर्माणमा प्रत्यक्ष दोहोरीले निरन्तरता पाउने भएको हो । प्रत्यक्ष दोहोरीको नयाँ संस्करणलाई बद्री पंगेनी ले सञ्चालन गर्नेछन ।

राष्ट्रिय नाचघरमा भोलि कार्तिक ३० गते उक्त कार्यक्रम छायांकन हुने पंगेनीले जानकारी दिए । नयाँ संस्करणमा दोहोरी सुन्नको लागी विशिष्ठ अतिथीहरुलाई पनि निम्त्याईने योजना रहेको समेत गायक पंगेनीले बताए ।

लोक संगीतका अग्रजहरु, लोक गीतलाई माया गर्ने विशिष्ठ ब्यक्तित्वहरु साथै राजनीतिज्ञ र समाजमा विशेष पहिचान बनाएका व्यक्तिहरुलाई समेत अतिथिका रुपयमा निम्त्याईनेछ । भोलिको सुटिङमा मनग्य दर्शकहरुको उपस्थीतिको अपेक्षा गरेको समेत गायक पंगेनीले बताए । सुटिङ दिउँसो ११ बजेबाट सुरु हुनेछ ।

 

Logo