‘ग्याङनम स्टाइल’ का गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । पीएसवाई साउथ कोरियन गायक, ¥यापर तथा रचनाकार हुन् । "/>

‘ग्याङनम स्टाइल’ का गायक नेपाल आउँदै

‘ग्याङनम स्टाइल’ का गायक नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

‘ग्याङनम स्टाइल’ का गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । पीएसवाई साउथ कोरियन गायक, ¥यापर तथा रचनाकार हुन् ।

नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागि हुन उनी नेपाल आउन लागेका हुन् । उनीसँग उनको ब्यान्ड पनि नेपाल आएर डिसेम्बर १५ मा कन्सर्ट गरिने बताइएको छ । राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा पीएसवाई सहभागि हुने भएका छन् ।

उनले खुमलटार, सातदोबाटोस्थित रेडियो ग्राउण्डमा प्रस्तुती दिने बताइएको छ । यो कन्सर्टको नाम ‘पीएसवाई विथ के पप लाइभ इन नेपाल’ राखिएको छ । यस कार्यक्रमको अवधि ५ घण्टा रहेको छ भने यो कार्यक्रममा पीएसवाईलाई नेपालका चर्चित पपगायक दीपक बजार्चायले पनि साथ दिने छन् । हाल बज्रचार्यको मनमगन बोलको गीतले निकै चर्चा बटुलिरहेको छ ।

साई दक्षिण कोरियाका चर्चित गायक, गीतकार, गीत निर्माता, मोडल तथा यापर हुन् । उनी भिडियोमा हास्य अभिनय गर्नसमेत उत्तिकै माहिर छन् । कन्सर्टमा पीएसवाई र दीपकसँगै कोरियाका चर्चित ब्याण्ड बीएपी, एसएफनाइन, एओए, मेमोल्याण्ड, बेरी गुड, बड्किजले आफ्नो प्रस्तुती राख्ने छन् ।

Logo