लोकप्रिय युटुवर लिलि सिंहले मानसिक समस्याका कारण आफ्नो प्लेटफर्म युट्युवबाट ब्रेक लिएकी छिन् । युट्युवमा ‘सुपरओमन’ को नामले चिनिने लिलिले मंगलबार आफ्नो भिडियो पोस्ट गर्दै ब्रेक लिएकी हुन् । "/>

‘सुपरओमन’ युटुवर लिलि सिंहले लिईन् युट्युवबाट ब्रेक

‘सुपरओमन’ युटुवर लिलि सिंहले लिईन् युट्युवबाट ब्रेक

केन्द्रबिन्दु
0
Shares

लोकप्रिय युटुवर लिलि सिंहले मानसिक समस्याका कारण आफ्नो प्लेटफर्म युट्युवबाट ब्रेक लिएकी छिन् । युट्युवमा ‘सुपरओमन’ को नामले चिनिने लिलिले मंगलबार आफ्नो भिडियो पोस्ट गर्दै ब्रेक लिएकी हुन् ।

क्यानाडामा जन्मेका लिलिले पछिल्लो ८ वर्ष देखि भिडियो स्ट्रिमिङ साइटमा नयाँ युनिक प्रकारको भिडियोहरु अपलोड गर्दै आएकी थिईन् । हाल उनको च्यानलमा १४ मिलियन सब्सक्राईबरहरु छन् । जब उनले युट्युवमा १० मिलियन डलर भन्दा बढी कमाई गरेकी थिइन् । अमेरिकी म्यागेजिन फोर्वसले सन् २०१७ मा उनलाई सबैभन्दा बढी कमाउने युटुवरको १० औं सुचीमा राखेको थियो ।

उनले पोस्ट गरेको उक्त भिडियोमा दर्शकहरुको लागि नयाँ सामग्री निरन्तर अपलोड गर्नुपर्ने दवावले उनको स्वास्थ्यमा घण्टी बजेको स्वीकारेकी छिन् । ३० वर्षीया सिंहले आफ्ना फ्यानहरुलाई भिडियो मार्फत, ‘म मानसिक, शारीरिक, भावनात्मक र आध्यात्मिक रुपमा थाकिसकेको छु । मैले आठ वर्षसम्म लगातार युट्युव चलाउँदै आइरहेकी छु, यति लामो समयसम्म मैले हप्तामा दुई पटक र दैनिक रुपमा भिडियोहरु अपलोड गरिरहेकी छु । म यसमा रमाए, म यो माया पनि गर्छु तर मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएकी छु ।’

 

Logo