बर्ष २०१८  बलिउड अभिनेता/अभिनेत्रीहरुका लागि लक्की सावित भएको छ । यो सालको अन्त्यसँगै केही बलिउड हस्तिहरु विवाह बन्धनमा बाधिने तरखरमा छन् । "/>

बर्ष २०१८ मा हुने बलिउडका बहुप्रतिक्षित ३ विवाह

बर्ष २०१८ मा हुने बलिउडका बहुप्रतिक्षित ३ विवाह

केन्द्रबिन्दु
0
Shares

बर्ष २०१८  बलिउड अभिनेता/अभिनेत्रीहरुका लागि लक्की सावित भएको छ । यो सालको अन्त्यसँगै केही बलिउड हस्तिहरु विवाह बन्धनमा बाधिने तरखरमा छन् । 

२०१७ सालमा अभिनेत्री अनुष्का शर्मा र बिराट कोली पनि लामो समयको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाधिएका थिए । त्यसै गरि सोनम कपूर र आनन्द आहुजा पनि विवाह बन्धनमा बाधिए । साथै नेहा धूपिया र अगंद बेदीको विवाह अहिलेसम्म पनि चर्चामा रहेका छन् ।

यो बर्ष बलिउडका दुई टप अभिनेत्री दीपिका पदुकोण र प्रियंका चोपडा पनि विवाह बन्धनमा बाधिदैछन् । साथै बलिउडका कमेडी किङ पनि यहि वर्ष विवाह गर्दैछन् । गत अगस्ट महिनामा प्रियंका चोपडा र उनको अमेरिकी प्रेमी निक जोनासले पनि इन्गेजमेन्ट गरेर उनको फयानहरुलाई इन्गेजमेन्टको खबर दिएका थिए । केही महिनाअघि अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले आफ्नो सामाजिक सञ्जालबाट विवाहको कार्ड सार्वजनिक गर्दै आफूहरु विवाह गर्न लागेको खबर सार्वजनिक गरेका थिए ।
साथै बलिउडका कमेडी किङ कपिल शर्मा पनि आफ्नो ग्रल फ्रेन्ड गिन्नी चतरथसँग विवाह गर्ने भएका छन् । रोचक कुरा त के छ भनि यी बलिउड हस्तिहरुको प्रेम सम्बन्ध खुला किताब झै रहेको छ । त्यसैले पनि उनीहरुका फेयानहरु उनीहरुको विवाहसँग सम्बन्धित कुनै खबर मिस गर्न चाहँदैनन् चाहे त्यो गेस्ट लिस्ट होस्, विवाहको मिति वा विवाहको लोकेशन नै किन नहोस ।

१) दीपिका पादुकोण र रणवीर सिंह

अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाहको सेलिब्रेशन १० नोभेम्बरबाट नै सुरु भएको थियो । रणवीर सिन्धी—पंजावी परिवारका हुन् भने दीपिका कर्नाटक परिवारकी भएकोले गर्दा उनीहरु दुई तरिकाले नै विवाह गर्ने भएका छन् । त्यसैले उनीहरुको विवाह दुई दिन अर्थात १४ र १५ नोभेम्बर दुई दिन सम्म चल्ने छ ।

उनीहरु आज इटलीको लेक कोमोमा विवाह गर्दैछन् जँहा अरु थुप्रै सेलिब्रेटिजले विवाह गरिसकेका छन् । विवाहपछि २१ नोभेम्बर वैङलोरमा उनीहरुले रिसेप्सन पार्टी दिने बताइएको छ । जँहा दुवै परिवारका सदस्यहरुलाई मात्र निमन्त्रणा गरिएको छ । साथै १ डिसेम्बरमा पनि अर्को रिसेप्सन पार्टी आयोजना गरिएको छ । त्यस पार्टीमा भने बलिउडका हस्तिहरुलाई निमन्त्रणा दिइएको छ ।

२) प्रियंका चोपडा र निक जोनास

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको अमेरिकी प्रेमी निक जोनास लामो समय देखिको आफ्नो प्रेम सम्बन्धलाई अन्तत विवाहमा परिणत गर्ने भएका छन् । उनीहरुले यहि अगस्ट महिनामा हिन्दू रितिरिवाज अनुसार इन्गेजमेन्ट गरेका थिए । अब छिटै उनीहरु पनि विवाह बन्धनमा बाधिने भएका छन् । उनीहरुको विवाहको मिति सार्वजनिक नभए पनि उनीहरु यहि महिनामा विवाह गर्न सक्ने भारतीय मिडियामा उल्लेख गरिएको छ ।

उनीहरुले नोभेम्बर ३० मा विवाह गर्ने जस्ता खबरहरुले अहिले मिडिया तताएको छ । निकलाई भारत निकै मनपर्ने भएकोले गर्दा उनीहरुले भारतको जोधपुरमै विवाह गर्ने योजना बनाएका छन् । निक र प्रियंकाले इन्गेजमेन्ट पनि मुम्बई स्थित प्रियंकाकै घरमा गरेका थिए । निक र उनको परिवारलाई हिन्दू रितिरिवाज मनपर्ने भएकोले गर्दा प्रियंका र निकले हिन्दू रितिरिवाज अनुसार नै विवाह गर्ने निधो गरेका छन् । अब देसी ग्रल प्रियंकाको साथै अमेरिकी बाबु निक जोनास पनि छिटै देसी रङमा देखिने छन् ।

३) कपिल शर्मा र गिन्नी चतुरथ

बलिउडका कमेडी किङ कपिल शर्मा पनि यो वर्ष विवाह बन्धनमा बाधिदैछन् । उनले केही समय अघि मात्र गिन्नीसँगको आफ्नो प्रेम सम्बन्धको बारेमा खुलासा गरेका थिए । कपिल यहि १२ डिसेम्बरमा गिन्नी चतुरथसँग विवाह गर्नेछन् । विवाहपछि १४ डिसेम्बरमा मुम्बईमा उनीहरुले भव्य रिसेप्सन पार्टी दिने बताइएको छ । उनीहरु जालन्धरको होटल क्लब कबानामा विवाह गर्ने भएका छन् ।

साथै जालन्धर गिन्नीको जन्मथलो पनि रहेको छ । विवाहको तयारी पनि सुरु भइसकेको छ । रिसेप्सन पार्टीमा भने टिभी इन्डस्ट्रीका सबै जसो कलाकारहरु उपस्थिती रहने भारतीय मिडियामा उल्लेख गरिएको छ । यस्को अलावा बलिउडका केही हस्तिहरु पनि यो पार्टीमा सामेल हुने बताइएको छ ।

Logo