बलिउड कन्ट्रोभर्सी क्वीन राखी सावन्त फेरि एक पटक भारतीय मिडियामा छाएकी छिन् । उनले एक महिला रेसलरलाई च्यालेन्ज गरेर उनको कुटाइबाट अस्पताल भर्ना भएकी हुन् । "/>

रेस्लरसँग च्यालेन्ज गर्दा राखी सावन्त घाइते, अस्पताल भर्ना

रेस्लरसँग च्यालेन्ज गर्दा राखी सावन्त घाइते, अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

बलिउड कन्ट्रोभर्सी क्वीन राखी सावन्त फेरि एक पटक भारतीय मिडियामा छाएकी छिन् । उनले एक महिला रेसलरलाई च्यालेन्ज गरेर उनको कुटाइबाट अस्पताल भर्ना भएकी हुन् ।

उनको रेस्लिङ खेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ । ताउ देवीलाल स्टेडियममा आयोजना गरिएको रेस्लिङमा राखी र महिला रेस्लर द रेबेलबीच भिडन्त भएको थियो । कार्यक्रम सुरु भएपछि दुबैजना रिङ भित्र छिरे । महिला रेस्लर द रेबेलले सुरुमै राखीलाई उचालेर पछारिदिइन् ।

त्यसपछि राखी अचेत अवस्थामा रिङ भित्रै लडिरहिन् र उनी उठ्न नसकेपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई ढाडमा केहि चोट पटक समेत लागेको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ ।

Logo