आगामी बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु हुने भएको छ ।

नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो । "/>

हस्तकला मेला बुधबारदेखि काठमाडौंमा सुरु हुने

हस्तकला मेला बुधबारदेखि काठमाडौंमा सुरु हुने

केन्द्रबिन्दु
0
Shares

आगामी बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु हुने भएको छ ।

नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो ।

देश भित्रै रोजगारीको अवसर सृजना गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यका साथ सदाझैं यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए । ५ दिनसम्म चल्ने मेलामा करिव १ सय ७० वटा स्टल रहनेछन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको करिव २० वटा स्टल रहने पनि मेला आयोजक समितिले जनाएको छ ।

मेलामा उत्कृष्ट हुने स्टकलाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ । मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणमा रुपमा राखिनेछन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नु हुने मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ ।

नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तराष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ ।

Logo