अभिनेत्री मनिषा कोइराला केही समय अघि पाठेघरको क्यान्सरबाट पीडित भएकी थिइन् । अन्ततः क्यान्सरलाई जितेर उनले दोस्रो जिवन पाएकी थिइन् । "/>

मनिषा कोइरालाले लेखिन् पुस्तक, क्यान्सरको पीडा समावेश

मनिषा कोइरालाले लेखिन् पुस्तक, क्यान्सरको पीडा समावेश

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री मनिषा कोइराला केही समय अघि पाठेघरको क्यान्सरबाट पीडित भएकी थिइन् । अन्ततः क्यान्सरलाई जितेर उनले दोस्रो जिवन पाएकी थिइन् । क्यान्सरबाट मुक्त भएपछि उनले एउटा पुस्तक लेखेकी छिन् । जसमा क्यान्सरबाट गुज्रिदाको पीडादायक संघर्षलाई प्रस्तुत गरिएको छ ।

मनिषाले हालै आफ्नो पुस्तकको ‘कभर पेज’ सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत पुस्तकको ‘कभर पेज’ सार्वजनिक गरेकी हुन् । उनले कभरसहित ट्वीट गर्दै लेखेकी छिन् ‘क्यान्सरलाई जित्नु र जीवनलाई पूर्ण दोस्रो पटक जिउनु र जीवनलाई फेरि माया गर्नु एउटा पाठ भएको छ ।’

मनिषाले ‘हिल्ड, हाउ क्यान्सर गेभ मि अ न्यू लाइफ’ नीलम कुमारसँगको सहकार्यमा लेखेकी छिन् । उनले यो पुस्तकमा क्यान्सरबाट पीडित हुँदा आएको निराशा, डर र संघर्षको बारेमा उल्लेख गरेकी छिन् । पेन्गुइन हाउस इन्डियाले प्रकाशन गरेको पुस्तक ‘हिल्ड’ यही डिसेम्बरबाट बजारमा आउने भएको छ ।

Logo