बनेपा

रंगपत्रकारितामा विगत डेढ दशकदेखि कलम चलाउँदै लामो समयदेखि नेपाली कलाक्षेत्रमा सक्रिय रहेका कलाकार÷निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ आफ्नो नविनतम प्रस्तुति ‘मेरी ज्यानु’ लिएर आएका छन् । "/>

चर्चा कमाउँदै अकृचको मेरी ज्यानु : गीतसंगित

चर्चा कमाउँदै अकृचको मेरी ज्यानु : गीतसंगित

केन्द्रबिन्दु
0
Shares

बनेपा

रंगपत्रकारितामा विगत डेढ दशकदेखि कलम चलाउँदै लामो समयदेखि नेपाली कलाक्षेत्रमा सक्रिय रहेका कलाकार÷निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ आफ्नो नविनतम प्रस्तुति ‘मेरी ज्यानु’ लिएर आएका छन् । अहिले मेरी ज्यानु नेपाली साँगितिक बजारमा चर्चामा आएको छ ।

चन्दले गीत लेखनमा समेत हात हालेका छन् । उनले तीनवटा गीत लेखेका छन् । लोक लयमा गीत लेख्न रुचाउने उनको तामाङ सेलो गीत र झ्याउरे लयको मेरी ज्यानु बोलको गीत रेकर्ड भैसकेको छ भने एउटा लोकलयको गीत रेकर्डिङको तयारीमा रहेको छ ।

चन्दको नविनतम लोकलयको ‘मेरी ज्यानु’ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ । उनको यो प्रस्तुति नेपाली गीत संगीतको क्षेत्रमा पृथक किसिमको रहेको बताइन्छ । मौलिक नेपाली झ्याउरे लयमा तयार उक्त गीतले नेपाली साँगितिक क्षेत्रमा आफ्नो छुट्टै बजार बनाउने निर्माण पक्षले अपेक्षा गरेका छन् । झ्याउरे लयको नयाँ गीतहरुको बजारमा खडेरी रहेको अवस्थामा सार्वजनिक मेरी ज्यानु भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

अकृच कै लय तथा शब्द अनि चर्चित संगितकार सूर्यकिरण लामाको संगीतमा कमल दाहाल, जितु लोप्चन, नानीराम परियार, कुमारी तामाङले कर्णप्रिय स्वर दिएका छन् । भिडिया मनोज श्रेष्ठ, जानुका श्रेष्ठ, पाल्देन लामा, स्वेता गोले, दुर्गेश थोकर, मालती कुवँरको जिवन्त अभिनयले झनै उत्कृष्ट बनेको छ ।

भिडियोमा अशोक रंजितको छायाँकन तथा सम्पादन रहेको छ भने श्रृङ्गार मञ्जु मानन्धरको रहेको छ । गौरीशंकर साँस्कृतिक समूह पाँचखाल खावाको निर्माण रहेको उक्त भिडियोलाई निर्देशन पनि अमरकृष्ण चन्दले नै निर्देशन गरेका छन् । भिडियोलाई बुढा सुब्बा म्युजिकले बजारमा ल्याएको हो । भिडियोको परिकल्पना भने गौरीशंकर साँस्कृतिक समूहका अध्यक्ष सुमित तामाङले गरेका हुन् ।

 

Logo