शाहरुखको ५ फिल्म जुन कहिल्यै रिलिज हुन पाएन

शाहरुखको ५ फिल्म जुन कहिल्यै रिलिज हुन पाएन

केन्द्रबिन्दु
0
Shares

बलिउडका चर्चित अभिनेता शाहरुख खानलाई किङ खान, किङ अफ बलिउड, बादशाह अफ बलिउड लगायतका उपनामले चिनिन्छ । सन् १९६५ नोभेम्बर २ मा जन्मिएका शाहरुख सन् १९९२ मा ‘दिवाना’ फिल्मबाट बलिउड क्षेत्रमा डेब्यू गरेका थिए । उनले अभिनय गरेको ‘दिलवाले दुल्हनीया लेजायङग’े, ‘कुछ कुछ होता हे’, ‘दिल तो पागल ह’े, ‘कभि खुसी कभि गम’ लथायतका थुप्रै फिल्महरु सुपरहिट नै भए । उनी बलिउड क्षेत्रमा प्रवेश गरेको करिब २५ बर्ष भन्दा धेरै भईसकेको छ ।

हालै किङ खानको अहिलेसम्म कै सार्वधिक महंगो फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलरमा शाहरुखको अभिनयको साथै उनको रोललाई दर्शकहरुले निकै रुचाएका छन् । उनको करियर खस्किदै गर्दा यो फिल्मबाट उनको लोकप्रियता फेरि एकपटक फिर्ता आएको छ । उनको ५ फिल्म यस्ता पनि छन् जुन कहिलै पनि रिलिज हुन पाएनन ।

१) हलिउड फिल्म ‘एक्सट्रीम सिटी’

सन् २०११ मा शाहरुख खानको हलिउड फिल्म ‘एक्सट्रीम सिटी’ को सुटिङ भएको थियो । निर्दशक मार्टिन स्कोर्सेसेले यो फिल्म निर्देशन गरेका थिए । फिल्ममा शाहरुखको अलावा लियोनाडों डिकैप्रियोले पनि अभिनय गरेका थिए । तर केही कारणले गर्दा यो फिल्मको सुटिङ बिचमा नै रोकियो र यो फिल्म कहिल्यै रिलिज पनि रिलिज भएन ।

२) रश्क

शाहरुखको अभिनित फिल्म ‘रश्क’ को सुटिङ सन् २००१ मा सुरु भएको थियो । फिल्ममा शाहरुखको साथमा बिग बी अमिताभ बच्चन र जुही चावलाले पनि अभिनय गरेकी थिए । यो फिल्मको सुटिङ पनि पुरा भएको थियो तर केहि कारणले गर्दा शाहरुखको यो फिल्म पनि रिलिज हुन सकेन ।

३) अहमक

मणि कौलको फिल्म ‘अहमक’ सन् १९९१ म निर्माण भएको थियो । फिल्ममा शाहरुखको साथमा अयूब खान र मिता बशिष्ठ भूख्य भूमिकामा रहेका थिए । फिल्म तयार पनि भयो र सन् २०१५ मा भएको फिल्म फेस्टीभलमा पनि देखाइएको थियो तर दुर्भाग्यबस यो फिल्म सिनेमा हल सम्म भने कहिले पनि पुगेन ।

४) शिखर

फिल्म ‘परदेश’ भन्दा पहिला निर्देशक सुभाष घईले शाहरुख र माधुरीलाई फिल्म ‘शिखर’ का लागि प्रस्ताव गरेका थिए । शाहरुख चाहन्थे कि फिल्ममा केही परिर्वतन होस तर निर्देशक सुभास तयार नभएकोले गर्दा शाहरुखले यो फिल्म छोडे त्यसैले यो फिल्म बिचमा नै अड्कियो । तर पछि सुभाषले फिल्मको नाम बद्लेर ‘ताल’ राखे र कथामा केही फेरबदल गरेपछि यो फिल्म सुपरहिट नै भयो ।

५) किसी से दिल लगाके देखो

शाहरुख को फिल्म ‘किसी से दिल लगाके देखो’ सन १९९६ मा निर्देशक कल्पतरुले निर्देशन गरेका थिए । फिल्मको सुटिङ पनि सुरु गरिएको थियो तर यो फिल्मको सुटिङ बिचमा नै रोकियो । फिल्ममा शाहरुख खानको साथमा आयशा जुल्का र मधुको लिड रोल रहेको थियो । तर यो फिल्म पनि कहिल्यै रिलिज भएन ।

Logo