साहिलको ‘रक्सीको तालैमा’ सार्वजनिक

साहिलको ‘रक्सीको तालैमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा उदयराज पौडेलको म्यूजिक संयोजन रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् । गीतको भिडियोमा ‘स्ट्रक पप डान्स क्रुक’ फिचर्ड छन् । यो म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेका हुन् । यो डान्स समुह के–पप वल्र्ड फेस्टिभल २०१६ को विजेता समेत हुन्् ।

‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत सार्वजनिक भइसकेको छ । पप गायनमा रुची राख्ने साहिल पछिल्लो गीतबाट पनि निकै आशावादी छन् । ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मनपराउनु हुन्छ,’ उनले भने ।

Logo