काठमाडौं
नेपाल टेलिभिजनमा आउँदो कार्तिक १९ गते देखि प्रशारण हुन लागेको मुन्द्रेको कमेडी क्लबले इण्डियन कमेडी कपिलको शो लाई समेत टक्कर दिने अपेक्षा गरिएको छ । "/>

कपिल शर्मा शो लाई टक्कर दिदै मुन्द्रेको कमेडी क्लव ( भिडियो सहित )

कपिल शर्मा शो लाई टक्कर दिदै मुन्द्रेको कमेडी क्लव ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाल टेलिभिजनमा आउँदो कार्तिक १९ गते देखि प्रशारण हुन लागेको मुन्द्रेको कमेडी क्लबले इण्डियन कमेडी कपिलको शो लाई समेत टक्कर दिने अपेक्षा गरिएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा यसको जानकारी दिइएको हो ।

कार्यक्रममा पूर्ण त नेपाली पाराको यो कार्यक्रमले हाँस्यक्षेत्रमा पक्कै पनि राम्रो छाप छोड्ने हाँस्य कलाकार दीपाश्री निरौंलाले जानकारी दिइन् । पछिल्ला दिनहरुमा हाँस्यश्रृंखलाहरुको अभाव खड्किरहेको अवस्थामा मुन्द्रेको कमेडी क्लबले त्यो अभावलाई पूरा गर्ने अपेक्षा रहेको हाँस्यकलाकार जितु नेपाल मुन्द्रेले बताए । विगत २२ वर्ष देखि लागिरहेको कलाकारिता क्षेत्रमा यो आफ्नो विल्कुलै नयाँ प्रस्तुती रहने पनि मुन्द्रेले जानकारी दिए । यो सबैको कार्यक्रम भएकाले यसमा आएका कमी कमजोरीहरु सच्याउँदै अगाडी जाने पनि मुन्द्रेले बताए । के हो मुन्द्रेको कमेडी क्लब ? के हुन्छ यसमा ? थप जानकारीको लागि हेरौं यो भिडियो :

Logo