काठमाडौँ

चलचित्र ‘चौका दाऊ’ को नयाँ गीत मेरो मायाँ कतारमा सधैं हतारमा‘ को भिडियो बिहिबार रिलिज गरिएको छ । "/>

चौका दाउको मेरो माया कतारमा सधैंं हतारमा सार्वजनिक ( भिडियो सहित )

चौका दाउको मेरो माया कतारमा सधैंं हतारमा सार्वजनिक ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चलचित्र ‘चौका दाऊ’ को नयाँ गीत मेरो मायाँ कतारमा सधैं हतारमा‘ को भिडियो बिहिबार रिलिज गरिएको छ । निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।

आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो । चलचित्रका कथाकार एवं परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बाँसकोटाले यो गीतको संगीत गरेका हुन् । श्रीपुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।

यो आईटम गीतमा सोनीका केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई लगायत लठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् ।

गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षासँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ । चलचित्रमा वर्ष राउत, अजश्र ढुँगाना, विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसी लगायतको अभिनय छ ।

दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । हेरौं भिडियोमा : 

 

राजधानीबाट

Logo