गायिका तथा पूर्व माओवादी लडाकु हुन् नानु घले । सानै उमेरमा माओवादीहरुले घरबाट उठाएर उनलाई आफ्नो दलमा सामेल गरे । निम्न आर्थिक श्रोत भएको परिवारमा जन्मिएकोले गर्दा उनले बाध्य भएर माओवादी लडाकुमा भर्ती भइन् । "/>

जसले लडाईँ लड्दै गर्दा शत्रुसँगै घरजम जोडिन् (भिडियोसहित)

जसले लडाईँ लड्दै गर्दा शत्रुसँगै घरजम जोडिन् (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायिका तथा पूर्व माओवादी लडाकु हुन् नानु घले । सानै उमेरमा माओवादीहरुले घरबाट उठाएर उनलाई आफ्नो दलमा सामेल गरे । निम्न आर्थिक श्रोत भएको परिवारमा जन्मिएकोले गर्दा उनले बाध्य भएर माओवादी लडाकुमा भर्ती भइन् ।

बिभिन्न पदको मोह देखाएर उनी जस्तै हजारौँ गाउँका युवापुस्ताहरुलाई माओवादीले आफ्नो दलमा भर्ती गरायो । उनी पनि आफ्नो घरको आर्थिक अवस्था कमजोर भएकै कारणले गर्दा उनीहरुको प्रलोभनमा फस्न बाध्य बनिन् । समय सँगसँगै उनलाई शरीरले पनि जवान बनाउँदै गयो ।

माओवादी लडाकुबाट लड्दा लड्दै सोहि समयमा आफ्नै शत्रु नेपाली सेनासँग उनको प्रेम बस्न थाल्यो र लडाकु कालमा नै उनको आर्मीसँग विवाह पनि भयो । लडाकु बाहेक उनी गायिका पनि हुन् । उनले दर्जनौ भन्दा धेरै लोकदोहोरी गीतहरुमा स्वर दिएकी छिन् ।

सांगितिक यात्रा बाहेक पनि उनले हाल कतारमा रहेको एक कम्पनीमा सेक्युरेटी गार्डको काम गर्दै आइरहेकी छिन् । काम गर्न सहज हुदैन र अफ्ठ्यारो मानेर पछि हट्न पनि हुँदैन भन्ने सन्देश उनी सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई दिन चाहान्छिन् ।

Logo