काठमाडौं । अहिले ‘मि टु’ अभियानले विश्वव्यापी रुपमा तहल्का मचाईरहेको छ । यो अभियानमा महिला र पुरुष दुबैले आफूमाथी भएको यौन दुव्र्यवहारमा आवाज उठाइरहेका छन् । "/>

‘मि टु’ अभियानको मजाक बनाएकोमा एपी वानले माग्यो माफी

‘मि टु’ अभियानको मजाक बनाएकोमा एपी वानले माग्यो माफी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अहिले ‘मि टु’ अभियानले विश्वव्यापी रुपमा तहल्का मचाईरहेको छ । यो अभियानमा महिला र पुरुष दुबैले आफूमाथी भएको यौन दुव्र्यवहारमा आवाज उठाइरहेका छन् ।

बलिउड र हलिउडबाट सुरु भएको ‘मि टु’ अभियानलाई नेपालमा पनि गम्भीर रुपमा लिईएको छ । मि टु अभियानलाई गम्भीर रुपमा लिए पनि यसको मजाक बनिरहेको छ ।
त्यस्तै ‘मि टु’ अभियानलाई मजाकको विषय बनाउँदा नेपाल आइडलको टिमले अहिले आलोचना खेप्नु परेको छ ।

गत बिहिबार एपीवान एच डी बाट प्रसारण भएको कार्यक्रम नेपाल आइडल सिजन २ मा सन्दिप क्षेत्रीले कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मालाई अंकमाल गर्न खोज्दा जिस्केर मि टु भनेकी थिइन् । त्यसपछि सन्दिपले मिथ्री र आशिफ शाहले मिफोर भने यसैलाई निरन्तरता दिदै सन्दिपले मिफ्राइब भने ।

गम्भिर मुद्दालाई नेपाल आइडलले मजाक बनायो भन्ने भिडियोहित विरोध आएपछि च्यानलको आधिकारिक ट्विटरबाट माफी मागिएको छ ।

 

Logo