काठमाडौं

लोकप्रिय गायक प्रल्हाद तिमिल्सिनाको आफ्नो स्वरमा रेकर्ड भएका आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ आज सार्वजनिक भएको छ । "/>

गायक प्रल्हाद तिमिल्सिनाको ‘महक–२’ सार्वजनिक ( भिडियो सहित )

गायक प्रल्हाद तिमिल्सिनाको ‘महक–२’ सार्वजनिक ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

लोकप्रिय गायक प्रल्हाद तिमिल्सिनाको आफ्नो स्वरमा रेकर्ड भएका आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ आज सार्वजनिक भएको छ । काठमाडौंमा आयोजिन एक सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।

विमोचित ‘महक–२’ एल्बममा १० वटा गीत समावेश छन् । एल्बमका गीतहरुमा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्राँचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । यी गीतहरु डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् ।

जीवन लुईटेलले एल्बमका तीन वटा गीत रचना गरेका छन् भने राजेन्द्र थापाले पनि तीन वटै गीत रचना गरेका छन् । एल्बममा तिमीलाई नभेटुँ की, हिउँ सरी, ढकमक्क गुराँस, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देउ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीतहरु सुन्न सकिन्छ । गुञ्जन ईन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ ।

विमोचन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रसंसा गर्दै सांगीतिक क्षेत्रमा पाइरेसीमा समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको धारणा व्यक्त गरे । ‘संगीतमा भएको सर्जकहरुको लगानी सुरक्षित हुनु पर्छ, मन्त्री थापाको भनाइ थियो–‘पाइरेसी गरेर सर्जकको सम्पत्ति चोर्ने जस्ता प्रवृत्ति देखा परे गृह मन्त्रालय त्यसलाई समाधान गर्न सधैं तयार हुनेछ ।’

विमोचित एल्बमको समिक्षा गर्दै संगीतकार शान्तिराम राईले महक–२ मा समावेश अधिकांश गीतहरु कर्णप्रिय रहेको बताए । ‘स्थापित संगीतकार तथा सिद्धहस्त गीतकारका शब्दमा गायक प्रहलाद तिमिल्सिनाको स्वर सुहाएको छ, संगीतकार राईको भनाइ थियो ।

चलचित्रको पाश्र्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एल्बम तयार पार्न समय लागेको गायक तिमिल्सिनाको भनाइ थियो । पहिलो एल्बमका अधिकांश गीतहरु लोकप्रिय भएपछि नेपाली चलचित्रको पाश्र्व गायनमा व्यस्त भएका गायक तिमिल्सिनाले यो अवधिमा एक सय वटा भन्दा बढि चलचित्रका गीतहरुमा आफ्नो स्वर प्रदान गरिसकेका छन् । नेपालका अधिकांश संगीतकारहरुको संगीतमा गीत गाइसकेका यी गायकले लोकप्रिय गायिकाहरुसंग समेत पाश्र्व गायन गरिसकेका छन् । गायक तिमिल्सिनाले गाएका चलचित्रका गीतहरु मध्ये गाला रातै गाला रातै, फिगर कोकाकोला, बट स्लोली स्लोली, कहिले माया स्याड फेस, पिरो पिरो, झ्याप्पै आदि लोकप्रिय मानिन्छन् ।

समारोहमा गायक तिमिल्सिनाले एल्बमका दुई गीत प्रत्यक्ष सुनाएका थिए भने तीन वटा गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । ती मध्ये थोत्रो रेडियो…शीर्षकको गीत यूट्युबमा समेत उपलब्ध भैसकेको छ । हेरौं भिडियोमा :

 

Logo