‘मि टु’ अभियानले पछिल्लो समय बिश्वव्यापीरुपमा तहल्का मच्चाईरहेको छ । यो अभियान यौन हिंसाबिरुद्धको प्रतिवादका रुपमा सार्वजनिक भईरहेका छन् । "/>

‘मि टु’ अभियानमा रेखादेखि केकीसम्म

‘मि टु’ अभियानमा रेखादेखि केकीसम्म

केन्द्रबिन्दु
0
Shares

‘मि टु’ अभियानले पछिल्लो समय बिश्वव्यापीरुपमा तहल्का मच्चाईरहेको छ । यो अभियान यौन हिंसाबिरुद्धको प्रतिवादका रुपमा सार्वजनिक भईरहेका छन् । यसैक्रममा कयौ प्रतिस्थित व्यक्तिहरुले सार्वजनिक पद समेत गुमाईसकेका छन् ।

विगतमा आफुमाथि कोही कसैले यौन हिंसा गरेको कुरा अहिले सार्वजनिक गर्नु नै यस अभियानलाई साथ दिनु हो ।

नेपाली समाजमा पनि महिला हिंसा बढ्दो छ । कुटपिट, हत्या, बलात्कार, बेचबिखन, यौनहिंसा, एसिड आक्रमण आदि इत्यादि किसिमबाट महिलाहरु पीडित भैरहेका छन् । कञ्चनपुरकी निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको ३ महिना बितिसक्दा पनि अझैं हत्यारा पत्ता लाग्न सकेको छैन । घर, कार्यस्थल र सार्वजनिक स्थलहरुमा यो वा त्यो बहानामा महिलाहरुमाथि विभिन्न खालका यौन हिंसाहरु भईरहेका हुन्छन् ।

यसै क्रममा अहिले नेपाली महिलाहरुले पनि आफूमाथि भएका यौन हिंसाबिरुद्ध आवाज उठाएर यस अभियानमा सरिक भएका छन् । यस अभियानमा विशेष गरि राजनीतिकर्मी, कलाकार र पत्रकारहरु अघि सरेका छन् ।

कसले के भने ?

केहि दिन यता नेपालका कलाकारहरु मात्र नभएर पत्रकार र अन्य व्यतिहरु पनि मि टु अभियानमा सक्रिय रहेका छन् । अभिनेत्री रेखा थापा, बेनिशा हमाल, केकी अधिकारी, सुरक्षा पन्त, ऋचा शर्मा लगायतका कलाकारहरुले पनि ‘मि टु मुभमेन्ट’ अन्तर्गत आवाज उठाएका छन् ।

रेखा थापा

अभिनेत्री रेखा थापाले ‘मि टु’ अन्र्तगत सेक्सुयल हेरेस्मेन्ट माथि आवाज उठाएकी छिन् । उनको प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘मालिका’ ले पनि महिला हिंसा र बाल विवाहविरुद्घ उठाएको छ । केहि समय अगाडि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेकी थिइन् ‘मि टु लाई सबैले गम्भीरतापूर्वक लिन जरुरी छ ३मि टु मुभमेन्ट बि स्ट्रङ बि बे्रभ ।’ उनले यस स्टाटस मार्फत सबै नारीहरुलाई बलियो र सशक्त हुन आवहान गरेकी छिन् ।

केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले पनि ‘मि टु मुभमेन्ट’ लाई साथ दिएकी छन् ।नया शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको ट्विटलाई आफ्नो फेसबुक पेजमा शेयर गर्दै अभियानमा सामेल भएकी हुन् ।

उक्त ट्विटमा नेता भट्टराईले लेखेका छन्– ‘मि टु’लाई सबैले गम्भीरतापूर्वक लिन जरुरी छ । सापेक्षरुपले लैगिंक समानता बढी भएका पश्चिमी देशहरुमा त महिलाहरुले यौन हिंसावारे मुख खोल्न त्यति समय लागेको थियो भने हाम्रो समाजमा कति कठीन होला सहज बुझन सकिन्छ । साहसी महिलाहरुको प्रतिरोधको आवाजलाई साथ दिऊँ । #IamWithMeTooMovement

बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले पनि ‘मि टु अभियान’ अन्तर्गत यौन हिंसाविरुद् आवाज उठाएकी छिन् । हालै एक अनलाइनसँगको कुराकानीमा उनले ८ वर्ष अगाडि भएको ‘सेक्सुयल हेरेस्मेन्ट’को कुरा खुलासा गरेकी छिन् । उनले भनेकी छन् ‘म बैंकको एउटा फोटो सुटमा गएको थिए र फोटो सुट सकिएपछि त्यो बैंकको एक कर्मचारीले बैंकको सिइओले नगरकोट घुम्न जाने भन्नु भएको छ, भन्नु भएको थियो र मैले एक थप्पड लगाएर फोटो डिलिट गर्न लगाए ।’

रश्मिला प्रजापति

पत्रकार रश्मिला प्रजापतिले पनि ‘सेक्सुअल हेरेस्मेन्ट’ विरुद् बोलेकी थिइन् । प्रजापतीले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं नगरपालिकाका पूर्व मेयर तथा हाल प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले आफू माथि गरेको यौन हिंसाविरुद् बोलेकी थिइन् । स्थापितले उनलाई करिब पाँच वर्ष अगाडि यौन प्रस्ताव राखेको र प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाएको खुलासा गरेकी थिइन् ।

Logo