मलाइकासँग सम्बन्ध जोगाउन २१ बर्ष कोसिस गरें: अरबाज खान

मलाइकासँग सम्बन्ध जोगाउन २१ बर्ष कोसिस गरें: अरबाज खान

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता तथा निर्देशक अरबाज खानले आफ्नो श्रीमती मलाइका अरोरासँग डिर्भोस गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अर्जुन कपुर नै उनीहरुको डिर्भोसको कारण हुन् ।

मलाइका र अर्जुन कपुर धेरै नजिएको कारण अरबाजले मलाइकासँग डिर्भोस गरेको बताइएको छ । ‘मानिस एडजस्मेन्ट र कम्प्रोमाइज गरेर जिन्दगीमा धेरै चीज गर्छन् । हामीले एक अर्कामाथि विश्वास राख्यौं भने अवश्य सम्बन्ध टुटनबाट बचाउन सक्छौ्र । मानिस सधैं परफेक्सन चाहन्छन् ।’ उनी भन्छन् । ‘यही रिलेश्नशिपमा पनि लागू हुन्छ । मैले २१ वर्षसम्म मलाइका र मेरो सम्बन्ध जोगाउने कोशिश गरे तर म असफल भए ।’ उनले भने ।

मलाइका र अरबाज १९९८ सालमा विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको छोरा अरहान खान १५ वर्षको भएका छन् । अर्जुन र मलाइका अब छिट्टै विवाह बन्धनमा बाधिने बताइएको छ । अरबाज पनि इटेलियन मोडल जर्जिया एड्रियानीसँग डेट गरिरहेका छन् । एजेन्सी

Logo