आउँदै गरेको तिहारलाई लक्षित गरि ‘उज्यालो तिहार’ बोलको गीत सार्वजनिक गरिएको छ । यस गीतमा गायिका सुनिता दुलाल र प्रकाश सपुतले स्वर दिएका छन् । "/>

देबेन्द्र बब्लु निर्देशित गीत ‘उज्यालो तिहार’ सार्वजनिक (भिडियोसहित)

देबेन्द्र बब्लु निर्देशित गीत ‘उज्यालो तिहार’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

आउँदै गरेको तिहारलाई लक्षित गरि ‘उज्यालो तिहार’ बोलको गीत सार्वजनिक गरिएको छ । यस गीतमा गायिका सुनिता दुलाल र प्रकाश सपुतले स्वर दिएका छन् । साथै डि बि गुरुङ, अर्जुन सुनाम, टीका पुनले यस गीतमा स्वर दिएर सुनिता र प्रकाशलाई साथ दिएका छन् ।

उज्यालो तिहार बोलको गीतमा शब्द प्रकाश सपुतको रहेको छ भने संगीत पनि प्रकाश सपुतले नै दिएका छन् । यस गीतमा लक्ष्मी गिरी, सुरवीर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्की लगायतका कलाकारहरुलाई फिचरिङ गरिएको छ ।

देबेन्द्र बब्लु निर्देशित यो गीत रमाइलो देउसी भैलीको शैलीमा प्रस्तुत गरिएको छ । पुष्कर बिबेक थापाले कोरियोग्राफी गरेको यस गीतलाई प्रवीन भट्टले सम्पादन गरेका छन् ।

Logo