काठमाडौं

दशैं तिहार जस्ता चार्डपर्वमा विशेषगरि घर आउन नपाएका र नसकेका अनि विदेशमा रहेका दाजुभाई दिदी बहिनीहरुका पीडा समेटेर गित गाउने चलन वढ्दो छ । "/>

मखमली माला लाउनलाई बजारमा ( भिडियो सहित )

मखमली माला लाउनलाई बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दशैं तिहार जस्ता चार्डपर्वमा विशेषगरि घर आउन नपाएका र नसकेका अनि विदेशमा रहेका दाजुभाई दिदी बहिनीहरुका पीडा समेटेर गित गाउने चलन वढ्दो छ । अहिले हाम्रो ठूलो चार्ड दशै करिव सकिएको भएपनि रमाइलो चार्ड तिहार भने नजिकिदैं छ । यसै सन्दर्भमा तिहार लक्षित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् ।

यसैबिच यतिबेला बजारमा महेश नेपालको शब्द संकलनमा “मखमली माला लाउनलाई” बोलको तिहार गीत सार्बजनिक भएको छ । गीतमा लय भुवन चौलागाईको रहेको छ ।

प्रदिप रोका, बिनोद नेपाल र रिता अधिकारीले गितमा स्वर दिएका छन् । गीतको म्युजीक भिडियो हिम सम्झौता डिजिटल प्रा.ली. को यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ । भिडीयोमा अभिनय रिता अधिकारी र बिनोद नेपालले गरेका छन् । उक्त भिडियोलाई निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । गितको सम्पादन मनोज कार्की र छायांकन हरिश महराको रहेको छ। हेरौं भिडियोमा :

Logo