काठमाडौं । नेपालको चर्चित र्‍यापर तथा रियालिटी सो ‘हिमालय रोडिज’ का जज आशिष राना (लाउरे) पुन नेपाली चलचित्र क्षेत्रमा देखिने भएका छन् । "/>

चलचित्र ‘लाहुरेको र्‍याप’ मा लाहुरे लिड रोलमा

चलचित्र ‘लाहुरेको र्‍याप’ मा लाहुरे लिड रोलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको चर्चित र्‍यापर तथा रियालिटी सो ‘हिमालय रोडिज’ का जज आशिष राना (लाउरे) पुन नेपाली चलचित्र क्षेत्रमा देखिने भएका छन् । ‘लाउरेको र्‍याप’ नामक चलचित्रमा उनको मुख्य भूमिका रहनेछ । सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका पासाङ योन्जन लामा यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

र्‍याप ब्याटलबाट चर्चामा आएका लाउरे हाल रियालिटी शो रोडिज मै व्यस्त छन् । यस चलचित्रमा लाउरेसँगै नायक सोनाम पाख्रिन फाइनल भएका छन् भने अन्य कलाकारहरु फाइनल हुन बाँकी छन् ।

यो चलचित्र फागुनबाट फलोरमा जाने निर्माण टिमले बताएको छ । लाउरेले यसअघि २०१४ मा चलचित्र ‘ताण्डव’ मा अभिनय गरेका थिए । दावा शेर्पाको निर्माण रहेको चलचित्रमा हरि हुमागाईको छायांकन रहने छ ।

 

Logo