नेपालीहरुको महान चाड बडा दशैंको चहलपहल सुरु भईसकेको छ । रोजगारी, व्यापार व्यवसाय तथा अध्ययनको सिलसिलामा घरबाट टाढा रहेपनि दशैंलाई घर फर्किएका छन् । "/>

कस्तो छ नेपाली कलाकारहरुको दशैं योजना ?

कस्तो छ नेपाली कलाकारहरुको दशैं योजना ?

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान चाड बडा दशैंको चहलपहल सुरु भईसकेको छ । रोजगारी, व्यापार व्यवसाय तथा अध्ययनको सिलसिलामा घरबाट टाढा रहेपनि दशैंलाई घर फर्किएका छन् । विशेषगरी कलाकारहरु प्रति आम चासो बढेको छ ।

नेपाली कलाकारहरुले पनि दशैंको विभिन्न योजनाहरु बनाएका छन् । यसै क्रममा कलाकारहरुसँग भएको कुराकानीको आधारमा केन्द्रविन्दुकर्मी मन्दिरा खत्रीले यो एक रिपोर्ट तयार पारेकी छन् । हेरौं कुन कलाकारहरुको दशैं योजना कस्तो छ ?

१) केकी अधिकारी (नायिका)
दशैंको फूलपातीसम्म मेरो चलचित्र ‘सरकारी जागिर’ को सुटिङ भएकोले गर्दा त्यति बेला सम्म अलि व्यस्त छु । हजुरबुवा बित्नु भएकोले गर्दा यो पाली मेरो टिका छ्रैन् । अरु बेलाको दशैं सधै काठमाडौं मै मनाँउदै आएको थिए । यो पालीको दशैंमा टिका नभएकोले गर्दा बुवा आमालाई लिएर पोखरा घुम्न जाने योजना बनाएकी छु ।

२) अनमोल केसी (नायक)
दशैंको समयमा पनि ‘मेरो ए मेरो हजुर ३’ को सुटिङ चलिरहेको हुन्छ । म हरेक वर्ष काठमाडौं मै दशैं मनाउने गर्छु । परिवारसँगै टिका लगाएर दशै मनाँउछु नत्र मेरो नयाँ आउने चलचित्र कै तयारीमा व्यस्त रहन्छु । सपिङ भने म बाहिर हिड्दा जहाँ जे मनपर्छ त्यो किनिहाल्छु । दशै कै लागि भनेर चै म कहिले पनि सपिङ गर्दिन् । तर परिवारको लागि सानो सानो उपहारहरु किन्ने विचारमा छु ।

३) निता ढुंगाना (नायिका)
म यो वर्षको दशैं हेटौडामा मनाँउछु । मेरो घर हेटौंडामा दशैं विशेष रुपमा मनाउने योजना छ । असोज ३० गते सम्म मेरो फिल्मको सुटिङ छ, त्यसपछि घर जान्छु । परिवारसँगै बसेर तास खेलेर रमाइलो गर्दै दशैं मनाउने योजना बनाएकी छु ।

४) आँचल शर्मा (नायिका)
नायिका आँचल शर्माले यो पालीको दशैं आफ्नै परिवारको साथमा मनाउने भएकी छिन् । वर्ष भरि कामकाजमा व्यस्त रहेपनि दशैंको समयमा भने म घरपरिवारसँग रमाइलो गरेर समय बिताएर, तास खेलेर, घुम्न जाने सोचमा छु । दशैंको बिचमा सुटिङ गर्दिन् ।

५) बिपिन कार्की (नायक)
म यो वर्षको दशैं आफ्नो जन्मथलो विराटनगरमा मनाउने योजनामा छु । दशैंको खासै त्यस्तो योजना भने छ्रैन् । ‘जात्रा’ को सिक्वेलको सुटिङमा व्यस्त छु । दशैं लागेको जस्तो महसुस भएकै छैन् । सपिङहरु त्यस्तो खासै गरिन्न, बच्चा बेला नयाँ लुगा लगाउँदा जुन उत्सुता र रमाइलो हुन्थ्यो त्यो अहिले हुन्न ।

६) सन्ध्या केसी (नायिका)
म त काठमाडौं मै बस्छु होला । त्यस्तो खासै योजना भने केहि छैन् । दशैंको बेला पनि मेरो अफिस लागि नै रहेको हुन्छ । अब सपिङको कुरा गर्दा भने म दिनहुँ जसो नयाँ नयाँ लुगाहरु किनिरहेकी हुन्छु । र्भखर म इन्डिया गएको बेला कुर्ताहरु किनेको थिए । मलाई दशैंमा प्राय कुर्ता नै लगाउन मनपर्छ । यो वर्षको दशैंमा पनि कुर्ता लगाउने सोचमा छु ।

७) राजेश हमाल (महानायक)
म यो पालीको दशैं नेपाल मै मनाँउछु । अरु बेला बाहिर नै हुन्थे कहिले अमेरिका कहिले कता । बुवा–आमा, हजुर बुवाहरु सबै बितिसक्नु भयो । आफन्तजनहरुको मा गएर टीका लगाएर आशिर्वाद थापेर यो वर्षको दशैं मनाउँछु । विगतको दशैंको कुरा गर्दा दक्षिणाकै लागि टीका लगाउन गईन्थ्यो (हाँस्दै) ।

८) इन्दिरा जोशी (गायिका)
गायिका इन्दिरा जोसी पनि यो वर्षको दशैंमा निकै व्यस्त छिन् । म नवमीसम्म काम नै गर्छु होला टीका लगाउन भने म आफ्नै घर नवलपरासी पुग्छु । टीकाको १ दिन भने परिवारसँगै बिताउँछु । उनी विगतलाई सम्झिदै भन्छिन्, ‘बच्चामा ५ हजारसम्म दक्षिणा लिएको याद छ मलाई ।’

९) बुद्घि तामाङ (हास्य कलाकार)
मलाई दशैं मनपर्नुको कारण टीका हो । सानोमा नयाँ लुगा लगाउन दशैं नै कुर्नुपथ्यो । दशैं आएपछि नयाँ लुगा आउँछ भनेर निकै उत्सुकता हुने गथ्र्यो । परिवारमा म एक्लो छोरा भएकोले गर्दा प्राय दशैंमा धेरै जसो दौरा सुरुवाल पाउँथे ।

१०) रिमा विश्वकर्मा (नायिका)
यो पालीको दशैंमा म एकदमै व्यस्त छु । मेरो स्केजुल यति टाइट छ कि टीकाको दिन मात्रै घरमा टाइम दिन पाउँछु होला । टीको दिन भने म भाई बहिनीसँग विताउँछु । दशैंको अन्य दिनहरुमा म कार्यक्रमको सिलसिलामा नेपाल कै विभिन्न सहरहरुमा जान्छु । त्यो बाहेक काठमाडौं उपत्यका भित्र पनि मेरो काम चलरिहेको हुन्छ । यो पालीको मेरो दशैं कामले ओगटी रहेको छ ।

 

 

 

 

Logo