काठमाडौं । यतिबेला दशैंको चहलपहल सुरु भईसकेको छ । नेपालीहरुको महान पर्व दशैं मान्न आम मानिसहरु गाउँ केन्द्रित भएका छन् । "/>

दीपाश्री निरौलाको कस्तो हुन्थ्यो दशैं ? हेरौं भिडियोमा

दीपाश्री निरौलाको कस्तो हुन्थ्यो दशैं ? हेरौं भिडियोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला दशैंको चहलपहल सुरु भईसकेको छ । नेपालीहरुको महान पर्व दशैं मान्न आम मानिसहरु गाउँ केन्द्रित भएका छन् । काम विशेषले बाहिर रहेका आफन्तजनहरु घर पुगिसकेका छन् । कोही जाने क्रममा छन् ।

यतिबेला विगतको दशैं र अहिलेको दशैंलाई तुलना पनि गर्ने गरिन्छ । विगतमा यस्तो हुन्थ्यों आजभोली यस्तो हुन्छ भन्दै साथीभाई तथा दौतरीहरु तुलना गर्ने गर्दछन् । यतिबेला सबैलाई दशैंको चहल पहल लागिसकेको छ । विशेषगरी कलाकारहरुप्रति आम चाँसो बढेको छ ।

उनीहरु कसरी दशैं मनाउँछन्, कहाँ मनाउँछन्, जस्ता यावत प्रश्नहरुले कलाकारलाई चर्चामा ल्याईरहेको छ । निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई पनि दशैंले छपक्कै छोएको छ । उनी यसपालीको दशैंलाई विशेष मनाउने तयारीमा छन् । उनको विगतको दशैं अनुभव यस्तो छ । हेरौं भिडियोमाः

Logo