बीरेन्द्र श्रेष्ठको ‘माया लाग्छ निष्ठुरीको’ सार्वजनिक (म्युजिक भिडियोसहित)

बीरेन्द्र श्रेष्ठको ‘माया लाग्छ निष्ठुरीको’ सार्वजनिक (म्युजिक भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठको बेमेल प्रेम कहानीमा आधारित ‘माया लाग्छ निष्ठुरीको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक श्रेष्ठकै आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा संगीतकार गुरू बिनय वर्मा र एरेन्जर विशन मानन्धरले संगीत भरेका हुन्।राहुल प्रधानको निर्देशनमा बनेको भिडियोलाई चक्र महर्जनको छायाँङकन र बिजेश पौडेलको सम्पादन रहेको छ। बिध्यमान समाजमा लोभ लालच अनि यसकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडियोमा मोडल श्रीष्टि खड्का, निर्मल खत्री तथा नव मोडल सामिप्य श्रेष्ठले आफ्नो अभिनय मार्फत प्रस्तुत गरेका छन्। सामिप्यले सोहि भिडियो मार्फत डेब्युसमेत गरेका हुन्।

ताप्लेजुंङको सिनाममा जन्म भै दुई दशक अगाडि अर्मेनियाको बिश्व बिद्यालयबाट ईञ्जिनियरिङमा ग्रेजुयेट गरि नेपालको जलबिद्युतको बिकास निर्माणमा लागि परेका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन्।

श्रेष्ठले हालसम्म २ दर्जन भन्दा बढी गीतहरुमा स्वर भरिसकेका छन् ।

Logo