सिड्नी 

'साइँली र माइली पोइला गएछन् गाउँघर नै शुन्य पारेर' यो लोकप्रीय गीत नसुन्ने नेपालीहरु बिरलै होलान । "/>

‘साइँली र माइली पोइला गएछन् गाउँघर नै शुन्य पारेर’ गीतको रिमेक आयो

‘साइँली र माइली पोइला गएछन् गाउँघर नै शुन्य पारेर’ गीतको रिमेक आयो

केन्द्रबिन्दु
0
Shares

सिड्नी 

‘साइँली र माइली पोइला गएछन् गाउँघर नै शुन्य पारेर’ यो लोकप्रीय गीत नसुन्ने नेपालीहरु बिरलै होलान । उदित नारायण झा र मधु क्षत्रीले गाएको यो पुरानो गीतको रिमेक बजारमा आएको छ । मुकुन्द किशोर भट्टराईको शब्द रहेको यो गीतलाई रिमेक्स गरेर दर्शक सामु ल्याउने गायक हुन्, सिड्नी निवासी गायक राज कुमार गोस्वामी ! 

मुकुन्द किशोर भट्टराईसँगै अनुमति लिई गीत निकालेर श्रष्टालाई कसरी सम्मान गर्नुपर्छ भनेर एउटा उदाहरणको पात्र बनेका गायक गोस्वामीले यो रिमेक गीतमा लोकप्रिय हास्य कलाकार सँन्दीप क्षेत्री, अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले अभिनय गरेका छन् ।

भर्खरै कोसिस २ एल्बम बजारमा ल्याउन लागेका गायक गोस्वामीको यो गीत पनि कोसिस २ कै एक गीत हो । भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । यो गीतलाई नेपाली टचले आफ्नो आधिकारिक यूट्युब च्यानलमार्फत अपलोड गरेको छ । नेपाली टच सिड्नीमा धेरै सागीतिक कार्यक्रम गर्ने एक इभेन्ट अर्गनाइजर पनि हो ।

Logo