काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–३’ प्रर्दशन हुन केहि दिन मात्र बाँकी रहेको बेला निर्देशक दिपाश्री निरौलालाई चलचित्रको प्रचार प्रसारमा भ्याई नभ्याई छ । "/>

जब दीपाश्रीलाई बच्चा खेलाउने रहर जाग्यो (तस्बिर र भिडियो)

जब दीपाश्रीलाई बच्चा खेलाउने रहर जाग्यो (तस्बिर र भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–३’ प्रर्दशन हुन केहि दिन मात्र बाँकी रहेको बेला निर्देशक दिपाश्री निरौलालाई चलचित्रको प्रचार प्रसारमा भ्याई नभ्याई छ ।

सोमबार काठमाडौंस्थित गैरीधारामा भएको एक कार्यक्रममा छक्का पञ्जा–३ को निर्देशक दीपाश्री निरौला र जितु नेपाल पनि उपस्थित थिए । घर आगन नेपालले आयोजना गरेको कार्यक्रममा दीपाश्री निरौला, जितु नेपाल, डाक्टर भोला रिजाल, रुक्मांगत कटुवाल लगायतको उपस्तिथि रहेको थियो ।

घर आँगन नेपालले सुत्केरी हुन् नसकेका महिलालाई हेलिकोप्टर चार्टर गरेर उपचार गर्दै आएको छ । सिन्धुपाल्चोकमा दुई महिला सुत्केरी हुन नसकेर पिडाले छटपटिरहको बेला घर आगन नेपालले उनीहरुलाई काठमाडौं ल्याएर उद्दार गरेको थियो । अहिले ती दुई महिलाको दुई सन्तान एउटा ६ महिना र अर्को ९ महिनाको भएको छ ।

कार्यक्रमको बीच दीपालाई बच्चासँग खेलिरहेको देख्न सकिन्थ्यो । कतै उनलाई बच्चा खेलाउने रहर जाग्या त हैन् । उनी भन्छिन् ‘म सँग बच्चा मान्यो खुसी लाग्यो मलाई बच्चाले माया गर्छ किनभने आमा जसरी नै अगाडि बढ्या छु अहिले’ ।

घर आगन नेपालले यसै कार्यक्रम मार्फत एउता गीत समेत सार्वजनिक गरेको छ । जसमा डाक्टर भोला रिजालको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ । साथै समाजसेवी दीपक सिलवाल र मेनुका पौडेलको स्वर रहेको छ ।

निर्देशक दीपाश्री भन्छिन्, ‘समाज सेवा मन देखि गर्ने हो कसैलाई देखाउनलाई गर्ने होइन । दीपकराज गिरी र मैले पनि १५ जना बच्चा आफ्नै फाउन्डेसनमा पढाईरहेका छौं । हाम्रो कमाइको ३० प्रतिशत खर्च गरेर उनीहरुलाई शिक्षादिक्षा दिईरहेका छौं ।’

दीपाश्रीले घर आगनलाई १ लाख ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । आज आयोजित कार्यक्रम मार्फत नै उनले उक्त सहयोग प्रदान गरेकी हुन् ।

 

 

Logo