एजेन्सी । शाहरुख खान बलिउडको एक चर्चित नाम हो । उनको स्टारडम नै काफी हुन्छ, फिल्म हिट हुनलाई । कुनै बेला शाहरुख खान भन्ने वित्तिकै फिल्म हिट हुन्थ्यो । "/>

शाहरुख खानको ‘जीरो’ सबै भन्दा महंगो फिल्म

शाहरुख खानको ‘जीरो’ सबै भन्दा महंगो फिल्म

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । शाहरुख खान बलिउडको एक चर्चित नाम हो । उनको स्टारडम नै काफी हुन्छ, फिल्म हिट हुनलाई । कुनै बेला शाहरुख खान भन्ने वित्तिकै फिल्म हिट हुन्थ्यो । तर अहिले समयले कोल्टे फेरेको छ । अहिलले उनको फिल्मले बक्स अफिसमा खासै धमाल मच्चाउन सकेको छैन् ।

पछिल्लो समयमा चेन्नाई एक्सप्रेस, दिलवाले, ह्याप्पी न्यू इयर, जब तक हे जान, डन–२ जस्ता हिट फिल्म दिएका शाहरुख खानले अहिले कुनै रेकर्ड राख्न सकेको छैन् । किङ खान अर्थात शाहरुख खानको करियर डामाडोल भएको छ । पछिल्लो केहि फिल्मको असफलताले किङ खानको सिंहासनलाई हल्लाइदिएको छ ।

उनको नयाँ फिल्म जीरोबाट उनी फेरि आफ्नो स्टारडम प्राप्त गर्न सक्छन् । जीरोमा शाहरुख आफ्नो पूरा शक्ति लगाइरहेका छन् । यो उनको करियर कै सबै भन्दा महंगो फिल्म रहेको बताइएको छ ।

यस फिल्ममा शाहरुख बाहुनको भूमिका निर्वाह गर्ने भएका छन् । फिल्म बनाउनमा धेरै पैसा खर्च गरिएको छ । धेरै चर्चित कलाकारहरु पनि यस चलचित्रमा छोटो छोटो रोलमा देखिएका छन् ।

यस फिल्मको बजेट २०० करोड रहेको बताइएको छ । यति महंगो फिल्म शाहरुखले विगतमा कहिले गरेका थिएनन् । लागत उठाउनको लागि यो फिल्म शाहरुखको सबैभन्दा हिट फिल्म बन्नुपर्नेछ ।

शाहरुखले निकै ठुलो दाउ लगाएको छ । कि वार कि पार । पुरै तागत लगाएको छ । पैसा देखि एक्टिङ सम्म । निर्देशक आनन्द एल रोय भन्छन्–‘ अभिनेताको रुपमा शाहरुख खानले पुरै ऊर्जा लगाएका छन् ।’ अब यो हेर्न बाँकी छ यो फिल्मले बक्स अफिसमा आफ्नो रेकर्ड राख्न सक्छ या सक्दैन ? कतिको व्यापार गर्छ ? कति करोड कमाँउछ ?

Logo