रोमान्टिक गीत ‘सलल बगेको पानी’ सार्वजनिक (भिडियोसहित)

रोमान्टिक गीत ‘सलल बगेको पानी’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

डेबिट शंकरको ‘सलल बगेको पानी’म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुदीप बरालको छायांकन रहेको भिडियोमा अभिनेत्री जस्मिन श्रेष्ठ र अभिनेता विनोद न्यौपानेको अभिनय रहेको छ । दिपक शर्माको संगीत रहेको यो गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

पत्रकार सुमन बैरागीको शब्द रहेको यो गीतमा उनलाई गायिका सहिमा श्रेष्ठले स्वरमा साथ दिएकी छन् । भिडियोको कोरियोग्राफर कविराज गहतराजले गरेका छन् भने राजु अधिकारीले निर्देशन गरेका छन् ।

डेभिड ‘छक्का पन्जा ३’ को हिट गीत ‘पहिलो नम्बरमा’का गायक समेत हुन् ।

Logo