काठमाडौं
केन्द्रविन्दु समाचारदाता

सिड्नीमा नेपाली कार्यक्रमहरू दिन प्रतिदिन बढी रहेका छन् । "/>

सिड्नीमा शनिबार दशैं साँझ हुँदै

सिड्नीमा शनिबार दशैं साँझ हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
केन्द्रविन्दु समाचारदाता

सिड्नीमा नेपाली कार्यक्रमहरू दिन प्रतिदिन बढी रहेका छन् । यसै सन्दर्भमा यहि शनिबार सिड्नीको इन्द्रेणी फ्ङ्सन सेन्टरमा क्वाला सोलुसन्स दशैं साँझ हुने भएको छ । ईन्द्रेणी फ्ङसन सेन्टर र डि क्याफेले आयोजना गर्न लागेको यो कार्यक्रमका लागि कलाकारहरु रामचन्द्र काफ्ले, जुनु रिजाल, सिर्जु अधिकारी र शिव हमाल सिड्नी आईपुग्नु भएको छ । सबै कलाकारहरुले दशैँको मुखमा अष्ट्रेलिया आएर कार्यक्रम गर्न पाउनुमा आफूहरूलाई धेरै खुशी लागेको र यसका लागी आयोजकलाई धेरै धन्यवाद दिए ।

२०१२ मा सिड्नीमा कार्यक्रम गरिसक्नु भएका गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले यो कार्यक्रम पहिलाको भन्दा फरक हुनेमा ढुक्क हुनुभयो । २०१२ को तुलनामा अहिले सिड्नीमा नेपालीहरू धेरै भएको कारण र बिजया दशमीको मुखमा कार्यक्रम भएकोले यो कार्यक्रम बिशेष हुने गायक काफ्लेले बताउनुभयो ।

पहिलोपटक अष्ट्रेलिया आउनु भएका गायक शिव हमाल र गायिका सिर्जु अधिकारीले आफ्ना गितहरुले सकेसम्म सिड्नीका दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने बताउनुभयो । दशैं साँझ कार्यक्रममा अरू बिभिन्न किसिमका निर्त्यहरू पनि रहेको कार्यक्रम आयोजक बिन्दु पौडेलले बताउनुभयो ।

Logo