छक्का पञ्जा ३ हेर्ने पर्ने ५ कारण ? (भिडियोमा)

छक्का पञ्जा ३ हेर्ने पर्ने ५ कारण ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

असोज २४ गते अर्थात घटस्थापनाका दिन देखि प्रदर्शनमा आउने चलचित्र हो, छक्का पञ्जा ३ । प्रदर्शनकोलागी सम्पूर्ण तयारी पुरा गरेको छक्कापञ्जा स्वभाविकरुपमा प्रतिक्षित चलचित्र हो । किनपनि भने यसअघि प्रदर्शनमा आएका छक्कापञ्जाका दुईवटा सिक्वेलले वजार तताएका थिए । र, दर्शकले पैसा असुल भएको महसुस गरेका थिए ।

नेपाली चलचित्रबृत्तमा कमेडी फिल्म क–कस्ले बनाउँछ भन्यो भने महजोडी–किरण केसीको नाम आउँछ । तर, केही बर्षदेखि नियमित रुपमा कमेडी फिल्म बनाउनेमा दिपकराज गिरी र उनको समूहको नाम सवैभन्दा ठूलो अक्षरमा आउँछ । दिपकराज र उनको समूहले कमेडी फिल्म मात्र वनाएको छैन । दर्शकको स्वाद बुझेर त्यही अनुसारको नै फिल्म बनाइरहेको छ । नेपाली चलचित्र क्षेत्रलाई आशाको सञ्चार पनि गराईरहेको छ ।

दिपाश्री निरौलाको निर्देशन रहेको यस चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाइ, प्रियंका कार्की, केदार प्रसाद घिमिरे माग्नेबुढा, जितु नेपाल मुन्द्रे, विल्सन विक्रम राई तक्मेबुढा, बुद्धि तामाङ हैट, शिव हरि पौडेल मुखमा हान्नु जस्तो लगायतका कलाकारहरुको अभिनय रहेको छ । यी सवै हाँस्यकलाकारहरु आफैंमा ब्राण्ड हुन् आफ्नो क्षेत्रमा । अर्थात हाँस्यकला क्षेत्रमा रहेका ब्राण्डहरुको सम्मिलन हो, छक्कापञ्जा ३ । अर्थात ब्राण्ड नै ब्राण्डहरु मिलेर बनेको महाब्राण्ड हो, यो चलचित्र ।

कमेडी प्याट्रनलाई निरन्तरता दिएको छक्का पञ्जा ३ सँग जुध्ने भनेर प्रचार गरिएको चलचित्र ‘जय भोले’ भने फूलपातीबाट प्रर्दशनमा आउने भएको छ । जुध्नवाट जोगिए पनि दर्शकको भीड नघटेपछि जय भोलेले एक हप्तापछि समेत अफ्टेरो स्थितिको सामना गर्नुपर्ने आम विश्लेषण रहेको छ । जे होस्, प्रदर्शनअघि नै ब्लकबस्टर चलचित्रको रुपमा दर्ता भइसकेको छक्कापञ्जा ३ ।

किन हेर्ने छक्कापञ्जा ३ ?
१. सफल फिल्मको सिक्वेल भएकाले ।
२. हाँस्न चाहानेहरुकालागी उपयुक्त फिल्म भएकाले ।
३. स्टार कमेडी पात्रहरुलाई एकै फिल्ममा देख्न पाइने भएकाले ।
४. दुई सुन्दरी नायिकाहरु प्रियंका कार्की र दीपिका प्रसाईंको भूमीका रहेकाले ।
५. सुनिरहुँ जस्तो लाग्ने गीत–संगीत रहेकाले ।
६. दिपकराज गिरी र दीपाश्री निरौलाले धेरै नै मेहनत गरेर निर्माण गरेकाले ।

 

Logo