काठमाडौं । विश्वचर्चित टेलिभिजन रियालिटि शो 'को बन्छ करोडपति' को नेपाली संस्करण आगामी नोभेम्बरबाट सुरु हुने भएको छ । who wants to be a millionaire को नेपाली संस्करण 'को बन्छ करोडपति' आगामी नोभेम्बर महिनाको दोस्रो साताबाट सुरु हुन लागेको हो । "/>

नोभेम्बर दोस्रो साताबाट ‘को बन्छ करोडपति’

नोभेम्बर दोस्रो साताबाट ‘को बन्छ करोडपति’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वचर्चित टेलिभिजन रियालिटि शो ‘को बन्छ करोडपति’ को नेपाली संस्करण आगामी नोभेम्बरबाट सुरु हुने भएको छ । who wants to be a millionaire को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी नोभेम्बर महिनाको दोस्रो साताबाट सुरु हुन लागेको हो ।

नेपालका चर्चित नायक राजेश हमाल प्रस्तोता रहने यो कार्यक्रम एपीवान एचडी टेलिभिजनमा प्रसारण हुनेछ । यो कार्यक्रमका लागि बिहीबार एपीवान टेलिभिजन व्यवस्थापन र प्रायोजक कम्पनीहरुबीच होटेल याक एन्ड यतिमा सम्झौता भएको छ ।

डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले सुरु गरेको who wants to be a millionaire प्रसारणमा ल्याउने नेपाल १ सय ६१ औँ देश हुनेछ ।

 

Logo