काठमाडौं । कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘जनयुद्ध जारी छ’ मञ्चन भइरहेको छ । यो नाटक मुलुकको राजनीतिलाई उथुलपुथल पारेका माओवादी पूर्वलडाकुको मनोभावमा आधारित छ । "/>

सर्वनाम थिएटरमा ‘जनयुद्ध जारी छ’

सर्वनाम थिएटरमा ‘जनयुद्ध जारी छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘जनयुद्ध जारी छ’ मञ्चन भइरहेको छ । यो नाटक मुलुकको राजनीतिलाई उथुलपुथल पारेका माओवादी पूर्वलडाकुको मनोभावमा आधारित छ ।

यस नाटकमा राज शाहको लेखन तथा निर्देशनमा रहेको छ । निर्देशक राज स्वंय मुख्य भूमिकामा देखिएका छन् । यस नाटकले जनयुद्ध र क्रान्तिकारीको मात्र कुरा गर्दैन क्रान्तिकारीको परिवार, सामाजिक सम्बन्ध, प्रेम, आफ्नो इच्छा र सुनौलो भविष्य त्यागेर अरुले देखाएको बाटोमा हाम फालेका पूर्वलडाकुहरुको कथालाई प्रस्तुत गरेको छ ।

साथै लडाकुको मनमा उब्जेका हजारौं प्रश्नलाई नाटकमा उतारिएको छ । हतियारको रुपमा लडाकुहरुले वैशाखाको प्रयोग गरेका छन् ।

यस नाटकमा सुजिता अधिकारी, राज शाह, शर्मिला नगरकोटी, सुर्दशन अर्याल, मनोज मर्हजन, मुकेश हमाल, पासलाक्पा शेर्पा, धिरज थापामगर, कृष्ण खड्का, आशिष काफ्ले, मोहन श्रेष्ठ, नमराज पराजुली, इन्द्रबहादुर चौधरी, शोभा लिम्बू लगायतका कलाकारहरुले अभिनय गरेका छन् । उक्त नाटक असोज २१ गते सम्म सर्वनाम थिएटरमा मञ्चन हुनेछ ।

Logo