फोटो भाइरल बनेपछि मोडल लक्ष्मीको झापड

फोटो भाइरल बनेपछि मोडल लक्ष्मीको झापड

केन्द्रबिन्दु
0
Shares

सामाजिक संजाल फेसबुकमा यतिबेला एक जना मोडलको फोटो भाइरल बनिरहेको छ । केही समयअघि एक साप्ताहिक पत्रिकामा प्रकाशित मोडल लक्ष्मी आचार्यको फोटो अहिले भाइरल बनेको हो ।

फोटो सार्वजनिक भएसंगै यतिबेला फोटो प्रकाशन गर्ने पत्रिका र मोडल आचार्यलाई गालीको बर्षा भैरहेको छ । गायिका समेत रहेकी लक्ष्मीले आज एक स्टाटस लेख्दै फोटोको बारेमा आफ्नो धारणा राखेकी छन् ।

उनले एक्काइसौं शताब्दिमा पनि अझै महिलाको सम्मान गर्न नजानेको ‘दिमाग नभएका’ मानिसहरु भनेर प्रतिक्रिया जनाएकी छन् । उनले आफ्नो फोटो आफ्नो स्वीकृतिबिना प्रकाशन गरेको र भाइरल भएको फोटो बास्तविक नभएको समेत बताएकी छन् । उनले केही पैसाका लागि आफ्नो फोटोको दुरूपयोग गर्न भन्दा निर्मला पन्तको न्यायक लागि लेख्न पनि आग्रह गरेकी छन् ।

Logo