काठमाडौं । गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको 'कर्के नजर' बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको गीतको म्यूजिक भिडियोमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय रहेको छ । "/>

मेलिना राई र जोसेफ ठकुरीले ल्याए ‘कर्के नजर’ (भिडियोसहित)

मेलिना राई र जोसेफ ठकुरीले ल्याए ‘कर्के नजर’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको गीतको म्यूजिक भिडियोमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय रहेको छ ।

काले दाई, कान्छी मट्याङ-ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको ‘कर्के नजर’ मा वासुदेव नेपालको शब्द रहेको छ । भने चर्चित एरेन्जर उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ, मास्टरिङ गरेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । बालाजुस्थित एन.एफ.डि.सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने विकास दाहालले सम्पादन गरेका हुन् ।

Logo