बलिउड फिल्ममा नयाँ अवतारमा देखा पर्ने आमिर खान उनको फरक रोल र लुक्सले चर्चित हुने गर्छन् । उनको पछिल्लो फिल्म पिके मा पनि नयाँ लुक्समा देखा परेका थिए र निकै चर्चा बटुलेका थिए । "/>

‘ठग्स अफ हिन्दुस्तान’ मा आमिर खान बने फिरंगी

‘ठग्स अफ हिन्दुस्तान’ मा आमिर खान बने फिरंगी

केन्द्रबिन्दु
0
Shares

बलिउड फिल्ममा नयाँ अवतारमा देखा पर्ने आमिर खान उनको फरक रोल र लुक्सले चर्चित हुने गर्छन् । उनको पछिल्लो फिल्म पिके मा पनि नयाँ लुक्समा देखा परेका थिए र निकै चर्चा बटुलेका थिए ।

ठग्स अफ हिन्दुस्तान फिल्मको लागि आमिर खानको लुक देखिएको मोशन पोस्टर सार्वजनिक भएको छ । मोसन पोस्टर बाट यो खुलेको छ कि आमिर यो फिल्ममा फिरंगी नामक ठगको रोल निर्वाह गर्दै छन् ।

आमिरले फेसबुक, इन्सटाग्राममा ‘ठग्स अफ हिन्दुस्तान’ आफ्नो पहिलो लुक शेयर गरेका थिए । आमिरले पोस्टर सार्वजनिक गर्दै लेखेका छन् ‘और ई हैं हम, फिरंगी मल्लाह । सच्चाई तो हमरा दुसरा नाम है और भरोसा हमरा काम । दादी कसम !

फिल्मको अन्य मुख्य कलाकार अमिताभ बच्चन, कैटरीना कैफ र फातिमा सना शेखको पोस्टर पहिले प्रदर्शन भएको थियो । विजय कृष्ण आचार्यको निर्देशन र यस राज फिल्मले निर्माण गरेको उक्त फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ८ नोभेम्बरमा रिलिज हुँदैछ ।

फिल्मका लागि आमिर खानले दुई महिना र अमिताभ बच्चनले दुई हप्ता ट्रेनिङमा बिताएका थिए । फिल्ममा सबै कलाकारलाई तरबार, घोडासवार र भालाले युद्ध गर्न चार महिनासम्म ट्रेनिङ दिइएको भारतीय मिडियाले जनाएका छन् ।

Logo