एजेन्सी । ‘बिगबोस’ एक चर्चित बलिउड रियालिटी शो हो । यसमा हरेक तरहको कन्ट्रोभर्सी चल्छ । यो रियालिटि शो अहिले १२ औं सिजनमा प्रवेश गरेको छ । "/>

‘बिगबोस’ का अहिले सम्मकै १० हट महिला प्रतियोगी

‘बिगबोस’ का अहिले सम्मकै १० हट महिला प्रतियोगी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । ‘बिगबोस’ एक चर्चित बलिउड रियालिटी शो हो । यसमा हरेक तरहको कन्ट्रोभर्सी चल्छ । यो रियालिटि शो अहिले १२ औं सिजनमा प्रवेश गरेको छ । सलमानले होस्ट गर्ने यो शो उनको नामका कारणले गर्दा पनि चर्चित भएको देखिन्छ । अहिले बिगबोस रियालिटी शो १२ सुरु भइसकेको छ ।

१. सन्नी लियोनी


सन्नी लियोनी पनि बिगबोस सिजन ५ बाट चर्चामा आएकी हुन् । बिगबोस ५ मा सबैभन्दा ग्लयामरस, हट एण्ड बोल्ड कन्टेसटेन्टको रुपमा उनको चर्चा निकै चुलिएको थियो । उनी आएपछि शो को लोकप्रियता निकै बढेको थियो । उनी पछिल्लो समय पोर्न स्टारको रुपमा पनि चर्चित थिइन् । साथै उनले थुप्रै बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् ।

२. एली अवराम


स्विडेन तथा ग्रिक अभिनेत्री एली अवराम बिगबोस सिजन ७ बाट चर्चामा आएकी हुन् । बिगबोसपछि उनलाई बलिउड फिल्मको अफर पनि धेरै आयो ।

३. स्वेता तिवारी


टिभी सिरियल र फिल्ममा समेत अभिनय गरेकी हट अभिनेत्री स्वेता तिवारी बिगबोसको सिजन ४ मा दर्शकहरुको धरै माया पाएर विजेता पनि बनिन् ।

४. पायल रोहतगी


बी र सी ग्रेडको फिल्म गरेपछि पायल रोहतगीले बिगबोस २ को सिजनमा धेरै नखरा देखाइन् । राहुल महानसँग नजिकिएको भन्दै उनको चर्चा अझ बढि चुलिएको थियो ।

५. विना मलिक


पाकिस्तानी अभिनेत्री विना मलिकले सिजन ४ लाई ग्लेमरस बनाइन र बिग बोसमा लामो समय सम्म टिकिन ।

६. शमिता शेट्टी


अभिनेत्री शमिता शेट्टी पनि सिजन ३ मा देखिइन् । उनी पनि हट एण्ड बोल्ड देखिन्छिन् ।

७. मंदना करिमीः


बिगबोस सिजन ९ की ईरानी मंदना करिमी कामुक मात्र नभएर उनी बिगबोस ९ मा सलमान खानको फेबरेट कन्टेसटेन्ट समेत रहिन् । बिगबोसपछि उनले पनि बलिउड फिल्म गर्ने मौका पाइन् ।

८. राखी सावन्त


बोल्ड र विन्दास राखी सावन्त बिगबोसको पहिलो सिजनमा भाग लिएकी थिइन् ।

९. सोनाली राउत


सिजन ८ मा भाग लिएकी सोनाली राउत पहिलो एपिसोडबाट नै बाहिरिएकी थिइन् । तर बिगबोसको निर्माताले उनलाई फेरि शो मा फिर्ता ल्याएका थिए् ।

१०. शर्लिन चोपडा


बिगबोस ३ की कन्टेसटेन्ट शर्लिन चोपडा बालपेपर क्विनको रुपमा पनि चिन्निछिन् । भारतीय मिडिया अनुसार उनी त्यो सिजनमा हट अवतारले गर्दा निकै चर्चामा रहिन् ।

 

Logo