सोनी टिभीबाट प्रसारित ‘कौन बनेगा करोडपति ’ एक हिट सोको रुपमा परिचित छ । पहिलाका ३ सिजन स्टार प्लसबाट प्रसारित भएको थियो । "/>

कौन बनेगा करोडपतिका विजेता अहिले के गर्दैछन् ?

कौन बनेगा करोडपतिका विजेता अहिले के गर्दैछन् ?

केन्द्रबिन्दु
0
Shares

सोनी टिभीबाट प्रसारित ‘कौन बनेगा करोडपति ’ एक हिट सोको रुपमा परिचित छ । पहिलाका ३ सिजन स्टार प्लसबाट प्रसारित भएको थियो । क्जुन एउटा खेल हो । जसका होस्ट चर्चित अभिनेता अमिताभ बच्चनले गर्दै आएका छन् । सिजन– १० सम्म प्रसारण भइसकेको सोमा जम्मा छ जना करोडपति भएका थिए । अहिले यी विजेताहरु के गर्दैछन् त ? ती मध्ये कोहि समाजसेवा गरिरहेका छन् भने कोहि आईपिएस अफिसर बनेका छन् ।

१. रवि मोहन सैनी
सन् २००१ मा अमिताभ बच्चनले केबिसी जुनियर लिएर आएका थिए । सिजन २ को विजेता बनेका थिए रवि मोहन सैनी । उस समयमा उनी १४ बर्षको थिए । त्यस बेला उनी कक्षा १० मा पढ्दै थिए । अहिले लगभग ३० बर्षको भएका छन् । र उनी अहिले आइपिएस अफिसर छन् ।

२. राहत तस्लीम
केबिसीको तेस्रो सिजन शाहरुख खानले होस्ट गरेका थिए । सोमा कोही पनि विनिङ अमाउन्ट सम्म पुग्न सकेको थिएन । सो को टिआरपी घट्दै गएकोले सो नै बन्द गर्नु परेको थियो । त्यपछि केबिसीको चौथो सिजन फेरि अमिताभ बच्चनले होस्ट गरे । यो सिजनको विजेता राहत तस्लिम बने । उनी गरिब परिवारबाट आएका थिए । उनको मेडिकल पढ्ने इच्छा हुँदाहुँदै बिवाह भयो । तर एक दिन उनले ‘कौन बनेगा करोडपति सिजन –४’मा आउने मौका पाए । र उनी विजेता बने । राहत अहिले झारखण्डमा बसोबास गरिरहेका छन् । हाल उनी गार्मेन्टको बिजनेस गर्छन् ।

३.सुशिल कुमार
बिहारको पुर्वी चम्पारण जिल्ला मोतिहारी घर भएका सुशिल कुमारले सन् २०११ मा केबिसी सिजन–५मा पाँच करोड रुँपैया जितेका थिए । महिनाको छ हजार कमाउने सुशिलले जितेको पैसाले पुस्तौनी घर ठिक गरेका थिए र आफ्ना भाईहरुलाई बिजनेस सुरु गरिदिए । उनले अहिले एक सय गरिब बच्चाहरुलाई गाँउमा पढाइरहेका छन् ।

४.सुनमीत कौर
फेसन डिजाइनमा डिग्री लिएका सुनमीतलाई बिहेपछि उनको घर परिवारको सदस्यले डिजाइङमा करियर बनाउन दिएका थिएनन् । तैपनि उनले हिम्मत हारिनन् । टिफीन सर्भिस सेन्टर खोलिन, तर यो उनको बिजनेस धेरै समयसम्म टिक्न सकेन । त्यसपछि उनले बच्चालाई ट्युसन पढाउन थालिन् । त्यसै क्रममा उनलाई बिभिन्न कुराको ज्ञान मिल्यो । फलस्वरुप उनी केबिसी सिजन–६ को विजेता बन्न पुगिन् । अहिले उनी आफ्नै बुटिक चलाउँछिन् ।

५. ताज मोहम्मद रंगरेज
राजस्थानका शिक्षक ताज मोहम्मद रंगरेज केबिसी –७ को विजेता हुन् । ताजले पाँच करोड जित्न सक्थे तर उनले १ करोड लिएर सो छोडिदिए । यो पैसाले उनले छोरीको उपचार गरे । उनको छोरी देख्न सक्दिन थिइन् । यति मात्र होइन उनले गाँउकै दुई अनाथ बच्चाको बिहे पनि गरिदिए ।

६. अचिन र सार्थक नरुला
अचिन र सार्थक नरुला केबिसीको अन्तिम विजेता हुन् । दिल्ली घर भएका अचिन र सार्थक दाजुभाई हुन् । दुवैजना धेरै पहिला देखि नै कौन बनेगा करोडपतिमा आउने कोसिस गरिरहेका थिए । उनीहरुको यो सपना सिजन –८ मा पुरा भयो । सात करोड जितेका दाजुभाईले क्यान्सर पिडित आमाको उपचार गरे र आफनो बिजनेस सुरु गरे । जुन अहिले दुवैजना मिलेर चलाइरहेका छन् ।

Logo