काठमाडौं । शनिवार राजधानीको दरवारमार्गस्थित किंग्सवेमा स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । "/>

शनिवार दरवारमार्गमा स्ट्रिट फेस्टिभल हुँदै

शनिवार दरवारमार्गमा स्ट्रिट फेस्टिभल हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शनिवार राजधानीको दरवारमार्गस्थित किंग्सवेमा स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।

टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पुगेको उपलक्ष्यमा १४ औं स्ट्रिट फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा भारतीय गायक र्‍यापस किङ बादशाहले लाइभ पर्फर्मेन्स गर्ने जगदम्बा मोटर्सका उपाध्यक्ष दीपककुमार अग्रवालले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरू इन्दिरा जोशी, एडरे, एज ब्यान्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारको प्रस्तुति रहनेछ । सो फेस्टिभलमा खानाका स्टलका साथै किड्स जोन पनि रहनेछ । उक्त दिन दरवारमार्गका आउटलेटमा डिस्काउन्टमा सपिङसमेत गर्न सकिनेछ । कार्यक्रम दरवारमार्गमा १२ बजेबाट सुरु हुनेछ ।

उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् । साथै कार्यक्रमको आकर्षणको रूपमा मिरर डान्स, रक क्लाइम्बिङ रहनेछ र एक जना भाग्यशाली दर्शकलाई बम्पर उपहारस्वरूप टीभीएसको एनटर्क स्कुटर प्रदान गर्नेछ । कार्यक्रमको भीआईपी पास तथा बादशाहसँग भेट्नका लागि टीभीएसको एनटर्क बुकिङ गर्नुपर्ने व्यवस्था रहेको छ ।

Logo