हाँस्य कलाकार हरिवंश आचार्यले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । मह सञ्चारको अफिसियल युट्यूब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । "/>

हरिवंश आचार्यले ल्याए ‘जे भने नि हुन्छ’ (भिडियोसहित)

हरिवंश आचार्यले ल्याए ‘जे भने नि हुन्छ’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हाँस्य कलाकार हरिवंश आचार्यले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । मह सञ्चारको अफिसियल युट्यूब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

आचार्यले ‘जे भने नि हुन्छ’बोलको मार्मिक गीतको भिडियो सार्वजनिक गरेका हुन् । यो गीतको सृजना आचार्य स्वयमले गरेका हुन् भने गीतमा उनकै शब्द, लयसंगै स्वर आचार्यकै रहेको छ । संगीत संयोजन भने जीवित जल्मीले गरेका छन् ।

भिडियोमा हरिवंश नै देखिएका छन् । भिडियोमा रबिन्द्र महर्जन, अन्ताज नकर्मी र हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् । हरिवंश आचार्यको गीतलाई सुदन केसीले निर्देशन गरेका हुन् । गीतमा व्यंग्य रस मिसिएको छ ।

 

Logo