एलिड २० क्रिउ र भिमफेदी गाईजसँग आँचल शर्माको रोमान्स (भिडियो)

एलिड २० क्रिउ र भिमफेदी गाईजसँग आँचल शर्माको रोमान्स (भिडियो)

केन्द्रबिन्दु
0
Shares

महेश भण्डारीको स्वरमा रहेको ‘रेलीमै’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ् (एलिड २० क्रिउ) र भिमफेदी गाईजसँग आँचल शर्माको रोमान्स देख्न सकिन्छ ।

दीपक आचार्यको लेख्न रहेको यो गीतमा शब्द र संगीत राजेन्द्र भट्टको रहेको छ । कृष्ण वि. क.ले संमायोजन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतार बजाएर सञ्जीव बराइलीले साथ दिएका छन् भने सारंगीमा धर्मा गान्धर्वले साथ दिएका छन् । भिडियो दिपक आर्चायले  निर्देशन गरेका हुन् ।

रेलिमाई बोलको उक्त गीतलाई एसदिप मुभिजले बजारमा ल्याएको हो।

Logo