भोलि ‘सर्जक सम्मान २०७५’ हुने

भोलि ‘सर्जक सम्मान २०७५’ हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रिय मोडलिङ संघले भोली शनिबार स्थापित आधा दर्जन मोडलहरुलाई सम्मानित गर्ने भएको छ । ‘सर्जक सम्मान २०७५’ नाम दिइएको यस सम्मान कार्यक्रममा अभिनेता समेत रहेका मोडल प्रशान्त तम्राकार, पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आयुसी शाह लगायत सम्मानित हुने छन् ।

कार्यक्रममा मोडलका साथै अभिनेता अभिनेत्री, गायक गायिका, संगीतकार, चलचित्र निर्देशक, पत्रकार, सौदर्य ब्यवसायीका साथै राष्ट्रिय स्तरका खेलाडीलाई पनि सम्मान गरिने छ । आयोजक नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीका अनुसार यस संस्थाले अमेरिकामा समेत शाखा बिस्तार गरेको छ र निकट भविश्यमा त्यहाँ पनि सर्जक सम्मान कार्यक्रमको आयोजना गरिनेछ ।

Logo