कतारमा दशैँ बिशेष कार्यक्रम हुने, महिलालाई निशुल्क

कतारमा दशैँ बिशेष कार्यक्रम हुने, महिलालाई निशुल्क

केन्द्रबिन्दु
0
Shares

हिन्दुहरूको महानपर्व विजयदशमी तथा दिपावलीको पावन अवसर पारेर कतारमा सांगीतीक कार्यक्रम हुने भएको छ। चर्चित लोक गायक बद्रि पंगेनीको प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको कतार शाखाले उक्त कार्यक्रम गर्ने भएको हो ।

उक्त कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय भवन निर्माणको लागि सहयोग जुटाउने उद्देश्यका साथ् गर्न लागिएको हो। प्रतिष्ठानका अध्यक्ष पंगेनीका साथमा लोक तथा दोहोरी गायिका तुलसी क्षेत्री र मोड्ल तथा डान्सर रोजि बस्नेत समेतको प्रस्तुति रहनेछ ।

प्रतिष्ठान कतारका उपाध्यक्ष एबं कलाकार शक्ति क्षेत्रीको संयोजनमा आगामी अक्टोबर ५ मा स्थानिय समयअनुसार ११ बजे विहानदेखि दोहाको नजमा क्षेत्रमा अवस्थित सालिमार प्यालेस होटलको सभाहलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा कार्यक्रम संयोजक क्षेत्री जानकारी दिएका छन्।

प्रतिष्ठान कतार स्थापना पश्चात पहिलोपटक गर्न लागीएको उक्त सांस्कृतिक कार्यक्रमको टिकट शुल्क भने पुरुषको लागी कतारी रियाल ४० तोकिएको छ भने महिला दर्शकहरुको लागि निशुल्क प्रवेशको ब्यबस्था गरिएको कुरा कार्यक्रम संयोजक शक्ति क्षेत्रिले बताए।

कार्यक्रममा कतारलाई कर्मथलो बनाउदै आएका दर्जनौ स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने कुरा प्रतिष्ठान कतारका अध्यक्ष कृष्ण बरालले बताए।

Logo